वडाकाे सम्रग विकास गर्दैं अध्यक्ष चाैधरी

१७पाैष, काठमाडाैं । कैलाली जिल्लाको कैलारी गाउँपालिका वडा नम्बर ९ का वडा अध्यक्ष खेमराज चौधरीले स्थानिय तहको निर्वाचनमा बहुमत ल्याएर दोस्राे पटक वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ । कैलाली जिल्लाको कैलारी गाउँपालिका वडा नम्बर ९ मा विकासले मुहार फेरेको छ ।
जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई हुदै भन्ने कुराको ज्वलन्त उदाहरण बन्नुभएको छ , वडा अध्यक्ष खेमराज चौधरीे । पछिल्लो समय गरिब तथा पिछडिएका वर्गलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याइएका छन् ।
जनताको विकास र समृद्धिको लागि वडामा धेरै काम गरेको वडा अध्यक्ष चौधरीले बताउनुभयो । वडामा स्वास्थ्य,शिक्षा,कृषि, सिपमुलक तालिम,बिजुल्लि बत्ति, सिचाई,बाटो सडक,धार्मिक तथा सांस्कुतिक ,भौतिक पुर्वाधार विकास निमार्ण तथा गरिब तथा पिछडिएको वर्गका योजना तथा कार्यक्रमहरु रहेका अध्यक्ष खेमराज चौधरीेले जानकारी दिनुभयो ।
बाटो सडकको क्षेत्रमा गा्रभेलको काम सम्पन्न भएको छ । त्यस्तै शिक्षा क्षेत्रमा गुणस्तरीय शिक्षाको लागि मा.वि. तहको नयाँ भवनको निमार्ण गरेका छौ । गरिब तथा पिछडिएका वर्गहरुले साना तिना खर्च समेत टार्न नसक्नेहरुलाई वडाको पहलबाट केहि रकम राहत स्वरुप दिएको अध्यक्ष खेमराज चौधरीेले जानकारी दिनुभयो ।
त्यस्तै एकल पुरुषहरुलाई पनि वडाको तर्फबाट केहि बजेट छुटाइएका छौ । त्यसै गरी स्वास्थ्य क्षेत्रको लागि वडामा विरामी तथा सुत्केरी महिलाहरुलाई छिटो भन्दा छिटो अस्पताल पुराउनको लागि वडामा निशुल्क एम्बुलेन्सको व्यवस्था गरेको वडा अध्यक्ष चौधरीले बताउनुभयो ।
बस्नको लागि घर नभएका गरिब तथा न्युन वर्गलाई जस्ताको पाता उपलब्ध गराएका छौ ।साथै चिसाेमा (कम्बल) न्याेनाे कपडा बितरण गरेकाे र महिलाहरुको लागि वडामा सिपमुलक तालिम, सिलाई कटाई तालिम उपलब्ध गराएर रोजगारीमुलक बनाउने र व्यावसाय गरेर दैनिकी सहजहाेस भनेर एक एक ,वटा बाख्रा वितरण गरेकाे अध्यक्ष चौधरीे जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘वडामा उपभोक्ता समिति मार्फत विकास निमार्णका कार्यहरु गरिरहेका छौ । त्यसै गरी कृषि क्षेत्रको लागि सिचाईको लागि बोरिङ, कुलो नहर, उत्कृष्ट कृषकलाई विउ विजन वितरण गर्ने व्यवस्था गरेका छौ ।’
त्यस्तै वडाका जनताहरुलाई आवत जावत गर्न सजिलोको लागि खोलामा झोलुङगे पुल निमार्ण गरेको जानकारी गराउनुभयो । उहाँले वडा खबरसंग कुरा गर्दै भन्नुभयो, वडामा धेरै योजना तथा कार्यक्रमहरु रहेका छन् ।
उक्त योजनाहरु सम्पन्न गर्नको लागि हामी तिब्ब्र गतिमा लागि परिरहेका छौ । हामी अरु वडा भन्दा फरक तरिकाले काम गरिरहेका छौ । आफनो कार्यकालसम्म यस वडालाई नमुना वडा बनाउने भिजनका साथ काम गरिरहेका छौ ।
उहाँले भन्नुभयो, स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेट्दै निरन्तर काम अगाडि बढाईरहेका छौ ।
वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो, भनेर साधेको प्रश्नमा उहाँको उत्तर
मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुशि लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।
अन्त्यमा वडा नम्बर ९ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु ।
मलाई अमुल्य भोट दिए््र वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ९ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।