इस्वी संवत् २०२३ ले सुख, शान्ति र समृद्धि ल्याओस्: प्रधानमन्त्री दाहाल
१७ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इस्वी संवत् २०२३ का अवसरमा नेपाल तथा विश्वभर रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्नुभएको छ ।
सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उहाँले इस्वी संवत् २०२३ ले सबैमा सुख, शान्ति र समृद्धि ल्याओस् भनी कामना गर्नुभएको छ । प्रधानमन्त्री दाहालले नेपाल र नेपालीको उन्नति र बृहत्तर समृद्धिका लागि सामूहिक कार्य गर्ने सङ्कल्पको आह्वान गर्नुभएको छ ।
ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवत् २०२३ सुरु भएको छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि ईस्वी संवत् सुरुआत भएको भन्ने भनाइ छ ।
Facebook Comments Box
Related posts:
कोशीमा चौथोपटक पनि ढल्यो सरकार, अबको मुख्यमन्त्री को ?
सरकारका कामलाई जनतामा पुर्याउन सरकारी मिडियाले नेतृत्वदायी भूमिका खेल्नुपर्छ : सञ्चारमन्त्री
खर्च कटौती प्रस्ताव पेस
संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसले आज संसदमा सम्बोधन गर्दै
वडा अध्यक्षदेखि मन्त्रीसम्मको सम्पत्ति छानबिनको प्रस्ताव पारित गर्नुपर्छ : धनराज गुरुङ