जापानमा ४३ अर्ब बढी मूल्यको लागू पदार्थ तस्करीमा चार चिनियाँ नागरिक पक्राउ

Share Icon

जापान । जापान प्रहरीले ७०० किलोग्राम अवैध उत्तेजक पदार्थ लागू पदार्थ तस्करी गरेको आरोपमा ४ जना चिनियाँलाई पक्राउ गरेको छ ।

संयुक्त अरब इमिरेट्सबाट तस्करी गरेको बताइएको उत्तेजक पदार्थको अबैध बजारको मूल्य ४३ अर्ब ४० करोड येन भन्दा बढि रहेको बताइएको छ ।

जापानमा एकै पटक जफत गरिएको यो अहिलेसम्मकै दोस्रो ठूलो मात्राको लागू पदार्थ भएको अधिकारीहरुले बताएका छन् मार्चमा चीन हुँदै टोकियो बन्दरगाहमा आइपुगेको जहाजको कन्टेनरमा शंकास्पद पाउडर फेला परेको थियो र टोकियो भन्सारले नियन्त्रणमा लिएको थियो ।

टोकियो प्रहरीले अन्तर्राष्ट्रिय तस्करी समूहको संलग्नताको आशंका गरेको छ र सम्भावित सम्बन्धको अनुसन्धान गरिरहेको छ प्रहरीका अनुसार चारै चिनियाँ संदिग्ध ३५ देखि ५१ वर्ष उमेर समूहका छन् । उनिहरु टोकियो, योकोहामा र कावासाकीमा बसोबास गरिरहेका थिए ।

दुबईबाट आएका र टोकियो आउनुअघि चीन ट्रान्जिट भएका कन्टेनरहरूमा कार्गोको रूपमा लुकाएर ठूलो परिमाणमा उत्तेजक पदार्थ ल्याउने षड्यन्त्र गरेको आशंकामा उनीहरूमध्ये दुई जनालाई सुरुमा पक्राउ गरिएको थियो । कार्गो मार्च ५ तारिख उतारिएको थियो ।

उत्तेजक पदार्थहरू १७५ बाकसहरु भित्र फेला परेको थियो । प्रहरीले कार्गोलाई ट्र्याक गरेको थियो, जसको परिणामस्वरूप चारजना चिनियाँ पक्राउ परेका हुन् । सन् २०१९ मा शिजुओका प्रिफेक्चरको समुद्र तटमा करिब १ टन लागू पदार्थ जफत गरिएको थियो । जापानमा एकै पटक सबैभन्दा ठूलो मात्रामा लागू पदार्थ पक्राउ परेको यो नै पहिलो घटना थियो । उक्त मुद्दामा सात चिनियाँ नागरिकलाई पक्राउ गरी मुद्दा चलाइएको थियो

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.