पोप फ्रान्सिसको आन्द्राको शल्यक्रिया

२४ जेठ, एजेन्सि । पोप फ्रान्सिस आन्द्राको शल्यक्रिया गरिने भएको छ । उहाँको ठूलो आन्द्रा साँघुरो भएकाले शल्यक्रिया गर्नुपरेको हो ।
सामान्य एनेस्थेसिया दिएर शल्यक्रिया गरिने चिकित्सकहरूले बताएका छन् । रोमको जेमेली अस्पतालमा उहाँको उपचार हुनेछ ।
भ्याटिकनका अनुसार शल्यक्रियापछि पनि उहाँलाई चिकित्सकको निगरानीमा राखेर उपचार गर्नुपर्नेछ । शल्यक्रियापछिका संभावित जटिलता तथा आधारभूत चिकित्साका निम्ति पनि उहाँ अस्पतालमा रहनुपर्नेछ ।
उपचारका क्रमममा पोप होसमा रहे पनि बेहोस भए पनि एक करोड ३० लाख क्याथोलिकहरू र उनीहरुका गिर्जाघरको जिम्मेवारीमा उहाँमा निहित रहन्छ । दुई वर्षअघि पनि उहाँले सोही अस्पतालमा उपचार गराउनुभएको थियो । पोप फ्रान्सिस ८६ वर्षका हुनुहुन्छ ।
Facebook Comments Box