Share Icon

२३ जेठ, एजेन्सि । रक्षामन्त्री राजनाथ सिंह र उहाँका जर्मन समकक्ष बोरिस पिस्टोरियसले मङ्गलबार नयाँ दिल्लीमा द्विपक्षीय वार्ता भएको छ ।
बैठकमा औद्योगिक सहयोगमा केन्द्रित रहेका द्विपक्षीय रक्षा सहयोगका विषयमा छलफल हुदैँछ ।
चारदिने भारत भ्रमणमा रहेका पिस्टोरियसलाई दिल्लीस्थित राजनाथ सिंहको उपस्थितिमा मानेकशा सेन्टरमा गार्ड अफ अनर दिइएको थियो । उहाँले राजधानीमा रहेको राष्ट्रिय युद्ध स्मारकमा माल्यार्पण समेत गर्नु भएको छ ।
पिस्टोरियसले नयाँ दिल्लीमा इनोभेसन फर डिफेन्स एक्सिलेन्सद्वारा आयोजित कार्यक्रममा केही रक्षा विषय सम्बन्धी कार्यक्रममा सहभागी हुनुहुने सम्भावना रहेको रक्षा मन्त्रालयले जनाएको छ ।
भारत र जर्मनी बीचको द्विपक्षीय सम्बन्ध साझा लोकतान्त्रिक सिद्धान्तहरूमा आधारित छ र उच्च स्तरको विश्वास र पारस्परिक सम्मानद्वारा अगाडि बढेको भारतको विदेश मन्त्रालयका उल्लेख गरेको छ । दोस्रो विश्वयुद्धपछि जर्मनीसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने पहिलो देश भारत हो।
आफ्नो भारत भ्रमण अघि जर्मन रक्षा मन्त्रीले रूसी हतियारहरूमा भारतको निरन्तर निर्भरता जर्मनीको हितमा नभएको उल्लेख गर्नु भएको जर्मन समाचार एजेन्सी ड्यूचे वेले जनाएको थियो ।
भ्रमणरत नेता पिस्टोरियसले भारतजस्ता साझेदारलाई सहयोग गर्न जर्मनी तयार रहेको बताउँनु भएको छ ।

Facebook Comments Box

Share Icon