वृद्धाश्रम जान नमानेपछि बुहारीले गरिन् सासुको हत्या

Share Icon

एजेन्सी । भारतको नयाँ दिल्लीमा एक जना महिलाले आफ्नै सासुको हत्या गरेकी छन् ।

वृद्धाश्रम जान नमानेको भन्दै ४८ वर्षकी सरमिस्ठा सोमले आफ्नी ८६ वर्षकी सासु हर्षी सोमको कुटपिट गरेर हत्या गरेको दिल्ली प्रहरीले जनाएको हाे । दिल्ली प्रहरीका अनुसार गत अप्रिल २८ मा हर्षीको शव नेब सराईस्थित अपार्टमेन्टमा भेटिएको थियो ।

तर उनलाई कसले हत्या गरेकाे हाे भन्ने बारेमा थाहा नभएका कारण अनुसन्धान गर्न ढिलाई भएकाे प्रहरीले बताएकाे छ । उनको अनुहार र टाउकोमा गम्भीर चोट देखिएको छ ।

अनुसन्धानका क्रममा हर्षीकी बुहारी सरमिस्ठा दोषी देखिएकी हुन् । उनले वृद्ध सासुलाई हेरचाह गर्दा आफू वाक्क र दिक्क भएका कारण वृद्धाश्रममा पठाउने निधो गरेको बयान दिएकी छन् ।

वृद्धाश्रम जान नमानेपछि सासुकाे हत्या गरेकाे पनि बुहारी सरमिस्ठाले स्वीकार गरेकाे प्रहरीले बताएकाे छ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.