इस्लामिक राष्ट्र र चिनियाँ विस्तारवादी नीतिविरुद्ध एकजुट हुन अभियानकाे आह्वान

Share Icon

काठमाडाैं । राष्ट्रिय एकता अभियानका अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले नेपालकाे पहाडी जिल्लाहरुमा पश्चिमा देशहरुले धर्म परिवर्तन गराउँदै चर्च विस्तार गरिरहेकाे आराेप लगाएका छन् ।

कैलालीकाे टीकापुर नगरपालिकामा अभियानले आयाेजना गरेकाे नेपालप्रति इस्लामिक तथा चिनियाँ अभ्यास र असर विषयक विचारगोष्ठीमा बाेल्दै उनले पहाडी जिल्लाहरुमा पश्चिमा देशहरुले चर्च विस्तार गरि सनातन संस्कृति मासिरहेकाे आराेप लगाए ।

त्यसैगरी उनले तराई मधेशमा इस्लामिक कटटरपंथी देशहरुले गाेप्य रुपमा जेहादी ट्रेनिंग चलाइरहेकाे खुलासा गरे । पश्चिमा र इस्लामिक देशहरु नेपालको मौलिक संस्कृति नष्ट गर्ने षड्यंन्त्रमा लगेकाे उनकाे भनाइ छ ।

त्यस्तै उनले चीनले पछिल्लाे समय नेपालमाथि विभिन्न काेणबाट आँखा लगाइरहेकाे टिप्पणी गर्नुभयाे । उनले भने,’उतर तीरबाट नेपाली भूमि क्रमशः अतिक्रमण भइरहेकाे छ, चीनले देश भित्र राजनीतीक हस्तक्षेप गर्नुका साथै अघोषित नकाबन्दलाई निरन्तरता दिइरहेकाे छ।

उनले नेपाललाई चीनले तिब्बत बनाउने षड्यंन्त्र गरिरहेको समेत खुलासा गरे । उनले भने,’चीनको तिब्बतीकरण गर्ने षड्यंन्त्रको विरोधमा अब सम्पूर्ण नेपालीले एकजुट भई आवाज उठाउने बेला आएको छ।’

त्यसैगरी गाेष्ठीमा संविधान सभा सदस्य बिपि यादवले सनातन संस्कृति नेपालको आत्मा भएको बताउनु भयाे । उहाँले भन्नुभयाे,’समाजमा चली रहेको जातीय द्वन्दलाई समाधान गर्न राष्ट्रीय एकता को सूत्र हिन्दु संस्कृति नै हो त्यसकारण देशलाई संघिय हिन्दु गणतंत्र कायम गरी अघि बढ़णु पर्ने अहिलेकाे आवश्यकता रहेको छ।’

उनले राजनीतीमा आएको वर्तमान भूटानी शरणार्थी काण्डमा चिनियाँ र इस्लामिक देशहरुको संलग्नता रहेको पुष्टि हुन थालेको खुसाला गरे।

उनले नेपलालाई श्रीलंका बनाउने रणनीतिमा चीन लागेकाे समेत आराेप लगाए । उनले भने,’चीनले नेपाललाई श्रीलंका बनाउनु खाेजिरहेकाे छ, चीनले पाेखरा विमानस्थलमा लगानी गरेर विमानस्थल कब्जामा लिने षडयन्त्र गरिरहेकाे छ।’

उनले चीनले बीआरआईमार्फत नेपाललाई ऋण जालमा पार्न विभिन्न काेणबाट कसरत गरिरहेकाे पनि जिकिर गरे ।
उनले भने,’चीनकाे विस्तारवादी नीतिलाई राेक्नु पर्छ, नेपाललाई चिनियाँ ऋणकाे जालमा फस्न दिनु हुँदैन।’

नगर अध्यक्ष दीपा शाहको अध्यक्षतामा भएको गाेष्ठीमा सहभागी भएका हर्क स्वार, नेपाली कांग्रेस टिकापुरनगरपालिकाका प्रत्यासी नवराज रावल, समाजसेवी पद्मिनी थापा, पूर्व प्रदेश सभा सदस्य उमा वादीलगायतले इस्लामिक राष्ट्र र चिनियाँ विस्तारवादी नीतिविरुद्ध बाेलेका थिए ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.