शोक प्रस्ताव पारित
४ वैशाख,काठमाडौँ । राष्ट्रियसभा बैठकले प्रतिनिधिसभाका पूर्वसदस्य तेजमान तुम्बाहाम्फेको निधनमा शोक प्रस्ताव पारित गरेको छ । बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्तुत गर्नभएको सो प्रस्ताव सर्वसम्मतिबाट पारित भएको हो ।
विसं १९८१ मा जन्मनुभएका तुम्बाहाम्फे २०१५ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचन क्षेत्र नं २६ धनकुटाबाट नेपाली कांग्रेस पार्टीका तर्फबाट निर्वाचित हुनुभएको थियो ।
गत चैत २४ गते ९७ वर्षमा उहाँको निधन भएको थियो । राष्ट्रियसभाको अर्को बैठक यही वैशाख गते ५ गते अपराह्न २ः३१ बजे बस्नेछ ।
Facebook Comments Box
Related posts:
गठबन्धन सहमतिअनुसार नै अगाडि बढ्छ : कांग्रेस नेता सिंह
अग्रज नेताहरुको योगदान र विचारलाई पार्टीले सधैँ आत्मसात गर्छ : सभापति देउवा
अन्तर्वार्ता : कर्णालीको विकास र समृद्धिको अभिभारा पूरा गरिनेछ : मुख्यमन्त्री शर्मा
सहीदका परिवारहरुकाे राज्यले उचित व्यवस्थापन गर्नुपर्छ : माओवादी नेता थारु
कोशी सरकारलाई दिएको समर्थन फिर्ता नलिने एमालेको निर्णय