‘भुटानलाई डोक्लाममा अडान परिवर्तन गर्न सिसिपीको चर्को दबाब’

Share Icon

२ वैशाख,एजेन्सी । नयाँदिल्लीस्थित विदेश नीति ‘थिङ्क ट्याङ्क’ रेड ल्यान्टर्न एनालिटिकाले भुटानलाई डोक्लाममा आफ्नो अडान परिवर्तन गर्न चिनियाँ कम्युनिष्ट पार्टी (सिसिपी)ले अधिक दबाब दिएको प्रतिवेदन सार्वज्निक गरेको छ ।

मैत्रीसन्धिलगायत सम्झौताअन्तर्गत आफ्नो परराष्ट्र नीतिमा भारतसँग समन्वय र सहकार्य गर्न राजी भएको भुटानलाई आफ्नो अडान परिवर्तन गर्न सिसिपीले चर्को दबाब दिइरहेको तथा भुटानका प्रधानमन्त्री लाटे छिरिङले विवादमा भारत, चीन र भुटानको समान सरोकार रहेकाले त्रिपक्षीय छलफल हुनुपर्नेमा जोड दिनुभएको प्रतिवेदनमा उल्लेख छ । डोक्लाम भारत, चीन र भुटानबीचको विवादित क्षेत्र हो ।

सन् २०१७ मा सिपिसीको नेतृतवमा चिनियाँ सेनाले डोक्लाममा अवस्थित सडकलाई दक्षिणतर्फ विस्तार गर्ने प्रयास गरेपछि भारत र चीनबीच विवाद बढेको हो । प्रतिवेदनअनुसार चीनले पुरै डोक्लाम क्षेत्रमाथि आफ्नो दाबी गर्दै आएको छभने भारतले ऐतिहासिक सम्झौता र सन्धिको पालनामा जोड दिँदै आएको छ ।

“विवादित क्षेत्रमा पूर्वाधार निर्माणको प्रयास गरेर चीनले भुटानसँगको अनौपचारिक सम्बन्धमा कटुता थप्न चाहेको देखिन्छ तर भुटानले आफ्नो शान्तिवादी अडानमा परिवर्तन नगर्नु भुटानकै निम्ति लाभदायक हुनेछ,” यो भूराजनीतिक विषयमा चीनबाट प्रभावित नभई थिम्पुले आफ्नो स्पष्ट अडान राख्नुपर्ने प्रतिवेदनमा भनिएको छ ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.