प्युठान नगरपालिका वडा नं १ मा महिलाहरुलाई सीपमुलक तालिम

Share Icon

 ३० चैत्र ,काठमाडाै  ।  प्युठान नगरपालिका वडा नं १ मा महिलाहरुलाई सीपमुलक तालिम प्रदान गरिएकाे छ ।

वडा अध्यक्ष साधना रावतले वडामा रहेका १५ जना महिलालाई १५ दिने सीपमुलक तालिम प्रदान गरिएकाे बताउनु भयाे ।

उहाँले आर्थिक वर्ष २०७९/८० को बजेटबाट महिलाहरुलाई सीपमूलक तालिम अन्तर्गत कुसन र गुडिया बनाउने तालिम प्रदान गरिएकाे जानकारी दिनुभयाे ।

बुधबार तालिमकाे समापान कार्यक्रममा बाेल्दै उहाँले भन्नुभयाे,’आय आर्जनतर्फ अग्रसर गराउने तथा स्वाबलम्बी बनाउने उद्देश्यका साथ वडामा रहेका महिलाहरुलाई तालिम प्रदान गरिएकाे छ।’

उहाँले तालिममा सिकेकाे सीपलाई व्यवहारमा लागू गरे भने आर्थिक स्तर वृद्धि हुने बताउनु भयाे ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.