२७ चैत,काठमाडौँ । नेकपा (एमाले)को जनवर्गीय सङ्गठन अखिल नेपाल महिला सङ्घको अध्यक्षमा टुका हमाल निर्वाचित हुनुभएको छ । यहाँ भएको साताँै राष्ट्रिय अधिवेशनले हमालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
सङ्घको उपाध्यक्षमा शर्मिला कार्की, विमला राई पौडेल, मेनुका काफ्ले, मेनका पोखरेल, रूक्मणी राना र सुमित्रा विसी निर्वाचित हुनुभएको छ । महासचिवमा पेम्बा लामा, उपमहासचिवमा शान्ति अधिकारी र कोषाध्यक्ष इन्दिरा फुयाँल निर्वाचित हुनुभएको छ ।
सचिवमा विणादेवी राई, बीना साह, शारदा कुमाल, नरदेवि पुन, बीना ज्ञवाली, मीना रखाल र आशा विक निर्वाचित हुनुभएको छ । सङ्घको सातौ अधिवेशन यही २५ र २६ गते काठमाडौँमा भएको थियो । एमालेले आफ्ना सबै जनवर्गीय सङ्गठनलाई अधिवेशन यही चैत मसान्तसम्म सम्पन्न गर्ने निर्देशन दिएको थियो ।
Related posts:

पुरूषले साँचो माया गरेको कसरी थाहा पाउने रुपुरूषले साँचो माया गरेको कसरी थाहा पाउने ?

झलनाथ खनालले भने – अमेरिकाले नेपाललाई खेल मैदान बनाउन खोज्यो

अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन ( कान्तिकारी ) पालिका स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम सम्...

उपनिर्वाचन : ६५ जना उम्मेदवार चुनावी मैदानमा

