तनहुँमा गोविन्द भट्टराईको जित सुनिश्चित छ : महामन्त्री शर्मा

Share Icon

तनहुँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सत्तारुढ गठबन्धनका उम्मेदवार गोविन्द भट्टराईको पक्षमा सिङ्गो पार्टी र गठबन्धन परिचालित भएकाले जित सुनिश्चित भएको बताएका छन्।

तनहुँको आँबुखैरेनीमा मतदाता भेटघाट कार्यक्रमको अवसरमा महामन्त्री शर्माले मंसिर ४ को निर्वाचनमा गठबन्धनले जितेको स्मरण गराउँदै उपनिर्वाचनमा पहिलेकै गठबन्धन कायम रहेको र उम्मेदवार पनि सशक्त भएकाले जित निश्चित रहेको बताए।

उम्मेदवार भट्टराईसँग केही दिनपछि संसद्मा भेट हुने बताए । नेता भट्टराई असल र निष्ठाको राजनीति गर्ने विद्यार्थी कालदेखिको नेता भएको महामन्त्री शर्माको दाबी छ ।

महामन्त्री शर्माले तनहुँको विकास र समृद्धिको लागि उम्मेदवार भट्टराईलाई जिताउनुपर्ने बताए। ‘पार्टी छोडेर गएका मूल घर फर्किएर रुख रोप्ने र रुखलाई जिताउने अभियानमा लाग्न अनुरोध छ,’ महामन्त्री शर्माले भने।

विभाजित सबै नेता, कार्यकर्ता तथा आफ्नै घरमा फर्किएर एकताबद्ध भएर पार्टी बलियो बनाउनुपर्ने उनले बताए । साथै उनले तनहुँको विकास र समृद्धिको लागि उम्मेदवार भट्टराईलाई जिताउनुपर्ने बताए।

तनहुँ–१ का उम्मेदवार भट्टराईले घर फोहर भयो भनेर घर छाड्न नहुने बताए। उनले घरलाई सफा बनाएर सिङ्गारेर बस्नुपर्ने बताए।

राष्ट्रपति बनेका रामचन्द्र पौडेले मङ्सिर ४ को निर्वाचनको बेला जनता समक्ष गरेका वाचा भट्टराईले पूरा गर्ने बताए। रासस

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.