२६ चैत,एजेन्सी । दक्षिणी तान्जानियाको मिटवारा जिल्लामा आएको भीषण बाढीका कारण करिब दुई हजार जनता घरबारविहीन भएका सरकारी अधिकारीहरूले बताएका छन् ।
देशको दक्षिणी क्षेत्र मटवारामा जारी भारी वर्षासँगै आएको बाढीबाट एक हजार आठ सय मानिस घरबारविहीन भएका मिटवाराका क्षेत्रीय आयुक्त अहमद अब्बासले बताएका छन् ।
पीडितहरू सबैका घर डुवानमा परेको जनाउँदै उनले रुबु नदीमा पानीको सतह अझ बढिरहेकाले थप क्षतिको आशङ्का गरेका छन् । प्राथमिक विद्यालयका भवनमा बाढी पीडितलाई अस्थायी बसोबासको व्यवस्था मिलाइएको जानकारी दिँदै क्षेत्रीय आयुक्त अब्बासले त्रिपालका साथै खाद्य सहयोग गरिएको बताएका छन् । एक सय हेक्टरभन्दा बढी क्षेत्रमा लगाइएको मकै र आलु बाढीले नष्ट भएको छ । बाढीबाट भएको क्षतिको मूल्याङ्कन भइरहेको छ ।
Facebook Comments Box
Related posts:

चिनियाँ पूर्व विदेशमन्त्रीको रहस्यमय मृत्यु: चीनका सेनाले टर्चर दिएर मारेका दाबी

‘भारतसँग मङ्गल र शुक्र ग्रहमा पुग्नसक्ने क्षमता छ’

चीनमा मुस्लिममाथि अत्याचार बढ्याे, धमाधम मस्जिद भत्काउन थालियाे (भिडियाेसहित)

चीनले अफगानिस्तानमा लगानी बढाए पनि आतंकवादी चुनौतीहरू यथावत

