अमेरिकी सेना अफगानिस्तानबाट छिटै फिर्ता हुनुपर्थ्योः प्रतिवेदन

Share Icon

२५ चैत,एजेन्सी । अमेरिकाको एक अनुसन्धानात्मक प्रतिवेदनले अमेरिका अफगानिस्तानबाट अस्वाभाविक र असहज फिर्ती हुनुभन्दा पहिले नै सहजरूपले फिर्ता भएको भए राम्रो हुने देखाएको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ ।

राष्ट्रिय सुरक्षा परिषद्ले सन् २०२१ अगष्टमामा अमेरिकी सैन्य उपस्थिति फिर्ताको बारेमा सरकारको निष्कर्ष जारी गर्दै एक्कासि अस्वाभाविक निर्णय गरेको थियो जन निर्णयको सर्वत्र आलोचना भएको थियो ।

काबुलको अन्तरराष्ट्रिय विमानस्थलबाट मानिसहरूलाई बाहिर निकाल्दै गर्दा इस्लामिक स्टेटसमर्थितको आत्मघाती बम आक्रमण हुँदा १३ जना अमेरिकी सेना र १७० भन्दा बढी सर्वसाधारणको ज्यान गएको थियो । अमेरिकी सेना फिर्ता भएको केही दिनमै अफगान सरकारको पतन भएको थियो ।

ह्वाइट हाउसका प्रवक्ता जोन किर्बीले “स्पष्ट रूपमा हामीले अफगानिस्तानमा तालिबान देश भरि कत्तिको तीव्र गतिमा अघि बढिरहेको छ भन्ने कुराको सूचना यहाँ प्राप्त गर्न सकेनौं” भनेर टिप्पणी गरेका छन्।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.