जनताको मन र मत दुबै जित्न सफल वडा अध्यक्ष रोकाय

Share Icon

१९ चैत्र, काठमाडाैं ।   स्वर्गद्वारी नगरपालिका नेपालको लुम्बिनी प्रदेश अन्तर्गत प्यूठान जिल्लामा पर्दछ ।

जनताको मन र मत दुबै २०७९ सालको निर्वाचनमा स्वर्गद्वारी नगरपालिका वडा नम्बर ३ मा वडा अध्यक्षमा जित्न सफल कृष्ण बहादुर रोकाय वडा अध्यक्ष हुनुहन्छ।

सिंहदरबारको अधिकार गाउँमा महसुुस गराउने प्रयत्नमा हामी लागि परेका छौं। कृष्ण बहादुर रोकायले बताउनुभयो जुन रचनात्मक रूपमा हामी अघि बढेका छौं। वडा नमुना बनाउने हाम्रो उदेश्य रहेको छ। योजना बनाएर अघि बढे विकास र समृद्धिको सन्देश वडाबाटै दिन सकिने उहाँले बताउनुभयो।

३ नम्बर वडाकामा स्वास्थ्य, शिक्षा, कृषि तथा सिँचाइ र खानेपानी लगायत जनताको सुझाव र आवश्यकता पहिचानका आधारमा योजना अगाडी विकास गर्दै लगिने वडा नम्बर ३ का अध्यक्ष कृष्ण बहादुर रोकायले बताउनुभयो।

वडा कार्यालयको कार्यभार अघि निरन्तर रुपमा राजनितिक तथा व्यवसायमा आबद्ध रहनुभएका रोकायले वडाको गतिबिधि निरन्तर अगाडि बढाई रहनुभएको छ।

बजेटको कार्यान्वयन, सञ्चालन हुने योजनाको दिगोपन र योजनाका नाममा मागिखाने भाँडो बनाउने प्रवृत्तिको अन्त्य गर्नुपर्ने भन्ने सोचको विकास भएको वडा रोकायले वताउनुभयो।

निरन्तर रुपमा लागीपरेका छौ। मेरो वडाबासीले निरन्तर रुपमा साथ र सहयोग गरि रहनुभएको छ । साथै पहिले समाज सेवामा रहेर काम गरेको मेरो वडाको समस्या नजिक देखि देखेको हुनाले र स्थानियको पिर मर्का बुझ्न र समाधान गर्न त्यति गाह्रो नभएको कुरा स्पष्ट पार्नुभयो।

सल्लाह–सुझावकै आधारमा जाँदा आउने बजेटको प्रभावकारी कार्यान्वयन गरेको छौं। जे होस् अरूभन्दा ३ नम्बर वडाले फरक काम गरेको र नमुना सन्देश वडाबाटै दिन खोजिएको अनुभूति सबैले गरेको वडा अध्यक्ष रोकायले बताउनुभयो।

उहाँले भन्नुभयो, ‘पहिलो प्राथमिकता खानेपानिलाई दिएर अन्य सडक,जनचेताना, स्वास्थ्य,शिक्षा, आदिलाई केन्द्रित गरेर काम अघि बढाइएको बताउनुभयो । वडाबासीको हरेक सुखदुखमा साथ र सर्मथन सदैव रहेन बताउनुभयो।

नयाँ फरक गर्न पर्छ भन्ने योजनाका साथ अगाडि बढेको कुरा वडा अध्यक्ष रोकायले उल्लेख गर्नुभयो । पालिकामा पनि हाम्रो योजना नसमेटेको अझै पुरानै ढाचामा अगाडि बढेको तथा वडामा हरेक विकास निर्माणका योजनाका गुणस्तरमा जोड दिएको वडा अध्यक्ष रोकायले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘आफ्नो जिवनको निकै ठूलो त्याग, मेहेनत र संघर्षबाट म यहाँसम्म आइपुगे, अझै पनि जनताको सेवक भएर सेवा गर्ने अठोट छ, जनतालाई गरेको बाचाबाट निराश हुन दिनेछैन । यो मेरो जिन्दगीको संक्ल्प हो। म सदैव जनको सेवामा जिवन निर्वाहा गर्ने छु यो मेरा लागि अवसर हो ।’

पहिलो पटक वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?

वडा नम्बर ३ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ३ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.