न्युजिल्यान्ड र अष्ट्रेलियाद्वारा फिफा निर्णयको स्वागत

Share Icon

३ चैत,वेलिङ्टन । यो वर्ष न्युजिल्यान्ड र अष्ट्रेलियामा आयोजना हुने महिला विश्वकप प्रतियोगिता प्रायोजनको अनुमति साउदी अरबलाई नदिने अन्तरराष्ट्रिय फुटबल महासङ्घ (फिफा)को निर्णयको खेल आयोजक दुवै देशले स्वागत गरेका छन् ।

प्रतियोगिताका सह–आयोजक न्युजिल्यान्ड र अष्ट्रेलियाले साउदी अरबको पर्यटन बोर्डले यस वर्षको महिला विश्वकपलाई प्रायोजन नगर्ने घोषणाको शुक्रबार स्वागत गरेका हुन् ।

फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले गत बिहीबार रुवाण्डाको राजधानी किगालीमा खेल प्रायोजनको अनुमति साउदीलाई नदिने घोषणा गर्नुभएको थियो ।

साउदी अरबमा महिलालाई मानवोचित व्यवहार नगरिएको,उनीहरूलाई आधारभूत मानवाधिकारबाट वञ्चित गरिएकोलगायत त्यहाँका महिलाको स्थिति दयनीय भएकाले उक्त देशलाई महिला विश्वकपको प्रायोजना गर्ने अनुमति प्रदान नगर्न दुवै देशले फिफालाई लिखित अनुरोध गरेका थिए ।

आगामी जुलाईमा न्युजिल्यान्ड र अष्ट्रेलियाले पहिलोपटक महिला विश्वकप फुटबल प्रतियोगिता आयोजना गर्दैछन् । उक्त प्रतियोगितामा ३२ देशबीच प्रतिस्पर्धा हुनेछ ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.