Share Icon

♥ हस्ता विष्ट

२ चैत्र, काठमाडाैँ ।  भिमाद नगरपालिकाको क्षेत्रफल १२९ वर्ग किलोमिटर रहेको छ । यो नगरपालिका २७०५४९ उत्तरी अक्षाँश देखि २८००१२५ उत्तरी अक्षाँशसम्म र ८३०५८२.३७ पूर्वी देशान्तर देखी ८४००९४९. पूर्वी देशान्तरसम्म फैलिएको छ । समुन्द्र सतहदेखि न्यूनतम ३४१ मिटर ९ देखि अधिकतम १३४७.०३ मिटर ९कोटबाराही  सम्मको उचाईमा अवस्थित छ । यस नगरपालिकाको सिधा मापन दूरी सरदर पूर्व पश्‍चिम लम्बाई १९.४७ कि.मि. र उत्तरदक्षिण चौडाई ११.९६ कि।मि। रहेको छ ।

नेपाल सरकारको मिति २०७३ फाल्गुण २७ गते प्रकाशित राजपत्र वमोजिम भिमाद नगरपालिका विधिवत रुपमा स्थापना भएको हो । साविकका ४ वटा गा.वि.स. हरुको पूरै भूभाग र ४ वटा गा।वि।स।का केही भूभागहरु समावेश गरेर देहाय वमोजिम ९ वटा वडाहरु रहने गरी यस नगरपालिकाको गठन भएको छ ।

गण्डकी प्रदेश तनहुँ जिल्लामा अवस्थित भिमाद नगरपालिका वडा नं. २ का वडा अध्यक्ष दिनेश कुमार थापाले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।

भिमाद नगरपालिका वडा नं. २ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष दिनेश कुमार थापा ।

वडालाई नमुनाकै रुपमा स्थापना गर्न वडा अध्यक्ष थापा अहोरात्र खटिरहनुभएको छ ।

भिमाद नगरपालिका वडा नं. २ मा नगरबाट जम्मा बजेट १ करोड १० लाख, प्रदेशबाट १ करोड २० लाख र संघबाट २ करोड बजेट विनियोजन गरिएको वडा अध्यक्ष दिनेश कुमार थापाले बताउनुभयो ।

उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।

उहाँ पहिले वडा सदस्यमा रहेर काम गरेको धेरै अनुभव भएकोले अहिले वडा अध्यक्षमा रहेर काम गर्न कुनै कठिनाई नभएको उहाँले बताउनुभयो । जनताको विकास र समृद्धिको लागि वडामा धेरै काम गरेको उहाँले बताउनुभयो ।

वडा अध्यक्ष थापा भन्नुहुन्छ, “ हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, केही योजनाका कामहरु सम्पन्न हुन लागेको छ भने केही काम सुरु हुन लागेको छ ।”

स्थानीय तहको निर्वाचित पछि वडामा शिक्षा, स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक,सांस्कृतिक,विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष थापाले बताउनुभयोे ।

वडा अध्यक्ष थापाले भन्नुभयो,  ” वडामा सडकलाई पहिलो प्राथमिकता दिए साथसाथै बाटोको स्तरउन्नति गर्दै ग्राभेल गर्ने, ढलान गर्ने र कुनै बाटो कालोपत्रे गर्ने काम भईरहेको छ । ”

त्यसै गरी खानेपानीको क्षेत्रमा सम्पुर्ण वडाबासीको घरघरमा लिफटिङ मार्फत खानेपानी पुराउनको लागि बृहत रुपमा कामहरु अगाडि बढाईरहेको वडा अध्यक्ष थापाले प्रष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ”  शिक्षाको क्षेत्रमा शैक्षिक गुणस्तर ल्याउनको वडामा रहेको सामुदायिक विद्यालयमा घेरा बार लगाउने र कक्षा १ देखि ५ सम्म अध्यन गर्ने बालबालिकाहरुलाई दिवाको खाजा व्यवस्था गरेका छौ । ”

त्यस्तै स्वास्थ्यको क्षेत्रमा मध्नजर गर्दै वडामा रहेको सामुदायिक स्वास्थ्य केन्द्रबाट वडाबासीहरुलाई आधारभुत स्वास्थ्य सुविधाहरु दिई रहेको र स्वास्थ्य केन्द्र सम्म एम्बुलेन्स जाने बाटो कालोपत्रे गरेको वडा अध्यक्ष थापाको भनाई छ ।

उहाँले भन्नुभयो,  ” कृषिलाई व्यवसायमय बनाउनको लागि वडाबाट विभिन्न तरकारीहरुको विउँ विजन र उन्नत जातको बाखा्रहरु ५० प्रतिशत अनुदानमा वितरण गरेको, तरकारीहरुको टनेल बनाउने र यस वडामा बादरले निकै नै सताउने समस्या देखिन्छ, त्यसको समाधान गर्नको लागि वडाबाट बादर धपाउने मेसिन वितरण गरिएको हो । ”

त्यसै गरी महिला तथा कृषकलाई लक्षित गर्दै नेड्पा भन्ने संस्थासंग समन्वय गरेर विभिन्न सिपमुलक तालिमहरु फलफुल खेति तालिमहरु सम्पन्न भईसकेको र महिलाहरुको तथ्याङ संकलन गरेर विभिन्न तालिमहरु सञ्चालन गर्ने योजनामा रहेको वडा अध्यक्ष थापाले जानकारी दिनुभयो ।

युवाहरुको लागि वडास्तरीय खेलकुदको लागि खेलकुद सामाग्रीहरु वितरण गरेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ” वडामा साना तिना योजनाहरु रहेका छन्, उक्त योजनाहरु सम्पन्न गर्नको लागि अहोरात्र खटिरहेका छौ । ”

वडा अध्यक्ष वसन्त कुमार श्रेष्ठले भन्नुभयो,  ”  स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छ । ”

पहिलो पटक वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ, वडा नम्बर २ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर २ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon