Share Icon

♣ध्रुब कार्की

१ चैत्र, काठमाडाैँ । नेपालको बागमती प्रदेश अन्तर्गत मकवानपुर जिल्लामा अवस्थित थाहा नगरपालिका मध्य नेपालमा पर्ने मकवानपुर जिल्लाको दोस्रो नगरपालिका हो । नेपाल सरकारको मिति २०७१ साल वैषाख २५ गतेको निर्णयानुसार यस जिल्लाको उत्तरी क्षेत्रमा पर्ने साविक पहाडि गा.वि.स हरु दामन, पालुंग र बज्रबाराहीको सम्पूर्ण भुभाग समेटेर यो नगरपालिका घोषणा भएको थाहा नगरपालिकामा वि.सं. २०७३ सालमा चित्लाङ, आग्रा र टिष्टुङ गाविस समेटिएको छ ।

पर्यटकीय नगर थाहा नगरपालिका वडा नं ४ साबिक दामन गा वि स को वडाहरु ५ ६ र ७ मिलेर बनेको छ ।

पछिल्लो समयमा थाहा नगरपालिका स्थित ४ नम्बर वडामा गत वैशाखमा सम्पन्न स्थानिय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर वडा अध्यक्ष पदमा नारायण लामा निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ ।

उहाँले स्थानिय तहको निर्वाचनमा निर्वाचित भएर आएपछि वडामा सडक, स्वास्थ्य, शिक्षा, कृषि, खानेपानी लगाएत अन्य कार्यक्रम तथा वडाबासीहरुको समस्याको समाधानका साथै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।

थाहा नगरपालिका वडा नम्बर ४ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष नारायण लामा ।

वडा अध्यक्ष लामाले वडा खबर सँग कुरा गर्दै भन्नुभयो, “म स्थानिय तहको निर्वाचनमा निर्वाचित भएर आएपछि वडाको कार्यभार समाल्दै वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडामा अहोरात्र खटिरहेको छु ।”

वडा कार्यालयबाट प्रदान हुने दैनिकी सेवा सुविधाहरु, पञ्जीकरणका कार्यहरूका साथै वडामा अहिले विकास योजनाका कामहरु तीव्र गतीमा भइरहेको वडा अध्यक्ष लामाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले पछिल्लो समय वडा नम्बर ४ का वडावासीलाई लक्षित गरी वडामा बाटोघाटो, जनचेतना, स्वास्थ्य, शिक्षा, कृषि तथा खानेपानीका योजना तथा विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याएका छौँ ।”

हाल वडामा पचहत्तर प्रतिशत योजना काम सम्पन्न भए सँगै बाँकी रहेका योजनाका कामहरुलाई समेटेर सम्पन्न गर्नको लागि वडामा अहोरात्र खटिरहेको उहाँले बताउनुभयो ।

वडाको समग्र क्षेत्रहरुलाई समेटेर विकास योजनाका काम तीव्र रुपमा भइरहेको अध्यक्ष लामाले बताउनुभयो ।

वडा अध्यक्ष लामाले भन्नुभयो, “हामीले वडामा रहेका सामुदायीक विद्यालयहरुबाट शिक्षामा निरन्तर गुणस्तर शिक्षा दिन प्रा.वी विद्यालयहरुमा अंगे्रजी भाषाको माध्यमबाट पठनपाठन गर्ने व्यवस्था गरेसँगै गरीब तथा जेहेनदार विद्यार्थीहरुलाई छात्रवृतीको व्यवस्था गरेका छौँ ।”

त्यसैगरी उहाँले वडामा रहेका गर्भवती महिलाहरुलाई एम्बुलेवडाबासीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै समय समयमा स्वास्थ्य शिवीरहरु सञ्चालन गरेर सामान्य स्वास्थ्य परीक्षणहरु गर्दै वडामा रहेका स्वास्थ्य क्षेत्रहरुबाट सेवाग्राहीहरुलाई प्रदान हुने सेवा सुविधाहरु अझ गुणस्तर बनाएर प्रदान गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

अध्यक्ष लामाले भन्नुभयो, “हामीले वडामा रहेका सडकहरुलाई अध्यन गरेर अपुग भएका सडकहरु निर्माण गर्दै जिर्ण भएका सडकहरुलाई मर्मत सँगै स्तर उन्नती गर्ने काम गरीरहेका छौँ ।”

त्यसैगरी वडामा रहेका युवा तथा महिलाहरुलाई घरेलु उत्पादनमा जोड दिदैँ बाँसको मुढा, डोको लगाएत विभिन्न उत्पादन गर्नका लागि तालिमहरु प्रदान गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

उहाँले वडावासीहरुलाई कृषि क्षेत्रमा प्रोत्साहन गर्दै वडामा रहेका एकल महिलाहरुलाई बाख्राहरु वितरण गर्ने योजना रहेको बताउनुभयो ।

वडामा खानेपानीको समस्या रहेकोले खानेपानीमा आवश्यकताअनुसारको बजेट विनीयोजन गरेसँगै वडामा एक घर एक धारा बनाउने अभियानका साथ कामहरु भइरहेको अध्यक्ष लामाले बताउनुभयो ।

वडा अध्यक्ष लामाले भन्नुभयो, ‘वडा नमुना बनाउने हाम्रो उदेश्य रहेको छ । योजना बनाएर अघि बढे विकास र समृद्धिको सन्देश वडाबाटै दिन सकिने छ ।’

निरन्तर रुपमा लागीपरेका छौ । मेरो वडाबासीले निरन्तर रुपमा साथ र सहयोग गरि रहनुभएकोमा एकदमै धेरै खुसी भएको कुरा उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “म वडामा पहिलो निर्वाचित भएता पनि सबैलाई एकसाथ समेटेर वडाबासीहरुको साथ, सल्लाहअनुसार अगाढी बढीरहेको छु ।”

उहाँ अघिल्लो कार्यकालमा सदस्य पदमा निर्वाचीत भएको र वडाबासीको साथ, सहयोगको कारणले वडामा काम गर्न कुनै गाह्रो नभएको उहाँले बताउनुभयो ।

४ नम्बर वडामा स्वास्थ्य, शिक्षा, कृषि तथा सिँचाइ र खानेपानी लगायत जनताको सुझाव र आवश्यकता पहिचानका आधारमा योजना अगाडी बढाएर वडाको विकास गर्दै लगिने वडालाई नमुना वडा बनाउने लक्ष्य रहेको वडा नम्बर ४ का अध्यक्ष लामाले बताउनुभयो ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहनुहुन्छ ?

वडा नम्बर ४ प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ४ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । जनताको सेवक भएर सेवा गर्ने अठोट छ, जनतालाई गरेको बाचाबाट निराश हुन दिनेछैन । यो मेरो जिन्दगीको संक्ल्प हो । म सदैव जनताको सेवामा जिवन निर्वाहा गर्ने छु यो मेरा लागि अवसर हो ।

Facebook Comments Box

Share Icon