आवश्यकताअनुसारका योजना तथा कार्यक्रमहरु ल्याएका छौंः वडा अध्यक्ष बल
♣ध्रुब कार्की
१ चैत्र, काठमाडाैँ । नेपालको बागमती प्रदेश अन्तर्गत मकवानपुर जिल्लामा अवस्थित इन्द्रसरोवर गाउँपालिका साविकका गाभिएका मार्खु, कुलेखानी, सिस्नेरी र फाखेल गा.वि.स.का राजनैतिक दलका प्रतिनिधीहरु, बुद्धिजीविहरु लगायत सरोकारवालाहरुको घनिभूत छलफल पश्चात नामाकरण गरी बनाईएको गाउँपालिका हो । हाल यस गाउँपालिकालाई ५ वटा वडामा विभाजन गरीएको छ ।
काठमाडौं जिल्ला संग सिमाना जोडिएको साबिक फाखेल गा.बि.स का १,२,३ र ४ वडा समावेश गरी राज्य पुनः संरचना अन्तर्गत हाल इन्द्रसरोवर गाउँपालिकाको ४ न. वडा घोषण गरिएको हो ।
पछिल्लो समय इन्द्रसरोवर गाउँपालिका स्थित ४ नम्बर वडामा गत वैशाखमा सम्पन्न स्थानिय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर वडा अध्यक्ष पदमा चन्द्र कुमार बल निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ ।
२०७९ सालको निर्वाचनमा बहुमत प्राप्त गरि जनताले रुचाएका एक अब्बल अध्यक्ष हुनुहुन्छ चन्द्र कुमार बल, हेर्दा सामान्य देखिएता पनि उहाँ एकदमै गम्भिर र हरेक समस्या सहजै समाधान गर्न सक्ने एक अब्बल कुटनितिक र चतुर वडा अध्यक्ष हुनहुन्छ ।
उहाँले स्थानिय तहको निर्वाचनमा निर्वाचित भएर आएपछि वडामा सडक, स्वास्थ्य, शिक्षा, कृषि, खानेपानी लगाएत अन्य कार्यक्रम तथा वडाबासीहरुको समस्याको समाधानका साथै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।
पछिल्लो समय इन्द्रसरोवर गाउँपालिका स्थित ४ नम्बर वडाले विकासको फड्को मारिहेको छ । अध्यक्ष बलले वडाको कार्यभार समाल्दै वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडामा अहोरात्र खटिरहनु भएको छ ।
जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष चन्द्र कुमार बल ।
वडा कार्यालयबाट प्रदान हुने दैनिकी सेवा सुविधाहरु, पञ्जीकरणका कार्यहरूका साथै वडामा अहिले विकास योजनाका कामहरु तीव्र गतीमा भइरहेको वडा अध्यक्ष बलले बताउनुभयो ।
उहाँले भन्नुभयो, “हामीले पछिल्लो समय वडा नम्बर ४ का वडावासीलाई लक्षित गरी वडामा बाटोघाटो, जनचेतना, स्वास्थ्य, शिक्षा, कृषि तथा खानेपानीका योजना तथा विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याएका छौँ ।”
हाल वडामा लगभग सत्तरी प्रतिशत योजना काम सम्पन्न भएको र बाँकी रहेका योजनाका कामहरुलाई समेटेर सम्पन्न गर्नको लागि वडामा अहोरात्र खटिरहेको उहाँले बताउनुभयो ।
वडामा शिक्षा र स्वास्थ्यको क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर विकास योजनाका काम तीव्र रुपमा भइरहेको अध्यक्ष बलले बताउनुभयो ।
वडा अध्यक्ष बलले भन्नुभयो, “हामीले वडामा रहेका सामुदायीक विद्यालयहरुलाई आवश्वकताअनुसार बजेट विनीयोजन गरेसँगै विद्यालयहरुका भौतिक तथा पुर्वाधारका संरचनाहरु निर्माण गर्दै शिक्षामा निरन्तर गुणस्तर शिक्षा दिन विद्यालयलाई समेटेर पालिका लगाएत सरोकारवाला सँग बसेर पन्च वर्षिय योजनाका लागि छलफल गर्दै हामी लागी परीरहेका छौँ ।
त्यसैगरी वडामा रहेका सडकहरुलाई अध्ययन गरेर अपुग भएका सडकहरु निर्माण गर्दै जिर्ण भएका सडकहरुलाई मर्मत सँगै स्तर उन्नती गर्ने काम भइरहेको उहाँले बताउनुभयो ।
उहाँले वडामा रहेका युवा तथा महिलाहरुलाई उद्यमी बनाउने उद्देश्यले पालिकाको नेर्पा संस्था माफ्र्त विभिन्न तालिम तथा कार्यक्रमहरु गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो ।
अध्यक्ष बलले भन्नुभयो, “वडाको चौतर्फि विकासमा ध्यान केन्द्रित गरेका छौ । विगतभन्दा अहिले यो वडामा धेरै परिवर्तन आएको छ । वडा नम्वर ४ का बासिन्दाले मलाई गरेको विश्वास र भरोसा म सदैव मेरो कार्यकालमा अझै धरै सुधार र परिर्वतन ल्याउने मेरो इच्छा रहेको छ । म निर्वाचित भइसकेपछि जनताले गरेको अपेक्षा भनेको वडाको विकास उन्नति नै हो यसमा म लागी परेको छु ।”
निरन्तर रुपमा लागीपरेका छौ । मेरो वडाबासीले निरन्तर रुपमा साथ र सहयोग गरि रहनुभएकोमा एकदमै धेरै खुसी भएको कुरा उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “म वडामा पहिलो निर्वाचित भएता पनि सबैलाई एकसाथ समेटेर वडाबासीहरुको साथ, सल्लाहअनुसार अगाढी बढीरहेकोले वडामा काम गर्न कुनै गाह्रो नभएको उहाँले बताउनुभयो ।
४ नम्बर वडाकामा स्वास्थ्य, शिक्षा, कृषि तथा सिँचाइ र खानेपानी लगायत जनताको सुझाव र आवश्यकता पहिचानका आधारमा योजना अगाडी बढाएर वडाको विकास गर्दै लगिने वडा नम्बर ४ का अध्यक्ष बलले बताउनुभयो ।
अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहनुहुन्छ ?
वडा नम्बर ४ प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ४ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । जनताको सेवक भएर सेवा गर्ने अठोट छ, जनतालाई गरेको बाचाबाट निराश हुन दिनेछैन । यो मेरो जिन्दगीको संक्ल्प हो । म सदैव जनताको सेवामा जिवन निर्वाहा गर्ने छु यो मेरा लागि अवसर हो ।







