Share Icon

♥ हस्ता विष्ट
१४ फागुन, काठमाडाैँ । कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं. २७ का वडा अध्यक्ष पुर्ण बहादुर गुरुङ स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा पुन : निर्वाचीत हुनुभयो । पोखरा महानगरपालिका वडा नम्बर २७ मा जम्मा २ करोड ३४ लाख वजेट विनियोजन गरिएको थियो ।

कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं. २७ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा पुर्ण बहादुर गुरुङ ।

वडालाई नमुनाकै रुपमा स्थापना गर्न वडा अध्यक्ष अहोरात्र खटिरहनुभएको छ । जनताको विकास र समृद्धिको लागि वडामा धेरै काम गरेको उहाँले बताउनुभयो ।

उहाँ अघिल्लो कार्यकालमा पनि निर्वाचित हुनुभएको थियो भने गत वर्ष वैशाख महिनामा सम्पन्न स्थानिय तहको निर्वाचनमा पनि जनताको रोजाइमा पर्न सफल जनताको मन मस्तिष्कमा बस्न सफल भई पुनः निर्वाचित हुनुभएको छ ।

वडा अध्यक्ष गुरुङ भन्नुहुन्छ, “ हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, केही योजनाका कामहरु सम्पन्न हुन लागेको छ भने केही काम सुरु हुन लागेको छ । ”

स्थानीय तहको निर्वाचित पछि वडामा शिक्षा, स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक,सांस्कृतिक,विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष गुरुङ बताउनुभयोे ।

उहाँले भन्नुभयो,  ” वडामा पहिलो प्राथमिकता शिक्षामा दिदै वडामा रहेका सामुदायिक विद्यालयमा धेरै भन्दा धेरै विद्यार्थीहरुलाई आर्कषित गर्नको लागि टोल टोलमा गएर अभिभावक संग समन्वय गरेर र शिक्षकहरु बिच छलफल गेरेर अघि बढिरहेको छ । ”

त्यसै गरी बाटो सडकको खण्डमा वडामा नालि बाटो बनाउदै कामहरु अगाडि बढाईरहेको वडा अध्यक्ष गुरुङले प्रष्ट पार्नुभयो ।

खानेपानीको क्षेत्रमा घरघरमा धारा नपुगेको ठाउँमा धारा पुराउनको लागि बृहत रुपमा काम भईरहेको उहाँले बताउनुभयो ।

त्यसै गरी महिलाहरुको लागि सिपमुलक तालिमहरु सिलाई कटाई र साबुन बनाउने तालिमहरु सञ्चालन गरेको उहाँले जानकारी दिनुभयो । त्यसै गरी कृषिको क्षेत्रमा कृषिलाई व्यवसायमय बनाउन कृषकलाई कृषि अभिमुखिकरण तालिमहरुको व्यवस्था गरेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो,  ” स्वास्थ्यको क्षेत्रमा वडामा रहेको स्वास्थ्य चौकीमा रहेका स्वयमसेविकाहरु टोल टोलमा गएर महिलाहरुको स्वास्थ्य परिक्षण गरेर सेवा सुबिधाहरु दिईरहेका छौ । ”

त्यसै गरी बालबालिकाहरुको लागि वडाको पहलबाट विभिन्न बालमैत्रिक कार्यक्रमहरु सञ्चालन गर्ने योजनामा रहेको उहाँले जानकारी दिनुभयो । अपांग तथा दृष्टिविहिन भएका नागरिकहरुलाई विभिन्न कार्यक्रमहरु आयोजना गर्ने वडा अध्यक्ष गुरुङले प्रष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेट्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छौ ।

वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा वडा नम्बर २७ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर २७ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु ।
जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon