बढैयाताल अध्यक्ष कप फूटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा

Share Icon

१४ फागुन, काठमाडाैं ।  बढैयाताल गाउँपालिका अध्यक्ष कप फूटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । चौथो बर्दिया जिल्ला पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको तयारीको शुक्रबार पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको हाे ।

बढैयाताल गाउँ पालिका र वडा नम्बर ८ कार्यालयको सहयोग तथा कालिका सामुदायिक पुस्तकालय, गाउँपालिका ८ नं. वडा कार्यालयको संयुक्त आयोजनामा प्रतियोगीता आयोजना हुँदैछ ।

प्रतियोगिताका बिजेतालाई १ लाख र उप बिजेतालाई ५० हजार नगद, मेडल, शिल्ड र प्रमाण पत्र प्रदान गरिने छ । प्रतियोगिताका बिभिन्न बिदामा उत्कृष्ट खेलाडीलाई समेत आकर्षक पुरस्कार रहेको आयोजकले जनाएको छ ।

चैत्र ४ गते देखि ११ गते सम्म संचालन हुने फुटवल प्रतियोगितामा बर्दिया जिल्लाका ६ नगरपालिका र २ गाउँपालिका सहित ८ टिमले भाग लिनेछन् । मयुर युवा क्लबको खेल मैदान बढैयाताल ८ स्थित नयाँ बस्तिमा प्रतियोगिता हुने जनाईएको छ ।

पत्राकार सम्मेलनका प्रमुख अतिथी समेत रहेका बढैयाताल गाउँ पालिका अध्यक्ष हिमालय त्रिपाठीले पत्रकार सम्मेलनमा सम्बोधन गर्दै चौथो संस्करण अन्र्तगत हुन गैरहेको फुटवल प्रतियोगिता सभ्य र भब्य रुपमा सम्पन्न गर्नको लागि पालिकाको तर्फबाट ३ लाख रुपैया सहयोग गर्ने र ब्यक्तिगत रुपमा पनि एक महिनाको तलब सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।

बढैयाताल गाउँ पालिका वडा नम्बर ८ का अध्यक्ष तेजनाथ पौडेलले कार्यक्रमको उद्देश्यमाथी प्रकासपार्दै स्वास्थ्य तथा ब्यक्तित्व बिकास गर्न र सद्भाव कायम राख्न खेलकुदको भूमिका महत्वपूर्ण भएकोले बर्दियाका सबै पालिकाले बिभिन्न बिदाका खेलको बिकास गर्नु पर्नेमा जोड दिनुभयो ।

वडा सचिब स्वस्तीका पौडेलले संचालन गरेको पत्रकार सम्मेलनमा बढैयाताल गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी अधिकारी, प्रमुख प्रशासकिय अधिकृत दानबहादुर ऐडी कालिका सामुदायिक पुस्तकालयका अध्यक्ष सुन्दरमान श्रेष्ठ जिल्ला फुटवल संघ बर्दियाका अध्यक्ष अजितराज भण्डारी, यूवा क्लबका प्रतिनिधी, बिभिन्न संचार माध्यममा आवद्ध पत्रकारहरुको सहभागिता थियो ।

बिगत बर्षहरुमा भएका पहिलो र दोश्रो प्रतियोगिताको उपाधी मधुवन नगरपालिकाले हात पारेको थियो भने तेश्रो प्रतियोगिताको उपाधी भने बारबर्दियाको पोल्टामा परेको थियो अव हुने चौथो वर्षको प्रतियोगितामा बाजी कुन पालिकाले मार्ने हो हेर्न बाकी छ ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.