मधुवन नगरपािलका वडा नम्बर २ काे कार्यालयद्वारा विद्यालयमा पढ्दै सिक्दै, सिक्दै कमाउँदै कार्यक्रम
५ माघ, काठमाडाैं । प्रदेश बर्दिया जिल्ला मधुवन नगरपािलका स्थित २ नम्बर वडामा स्थानिय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर वडा अध्यक्षमा आशाराम थारू निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ ।
वडा अध्यक्ष चाैधरी निरन्तर रूपमा वडामा पढ्दै कमाउँदै शिक्षा कार्यक्रम मार्फत शिक्षा क्षेत्रमा आमुल परिवर्तन ल्याउने उदेश्यले अहाेरात्र खटिरहेका छन् ।
उहाँले भन्नुभयो, ‘शिक्षा क्षेत्रमा दुई वटा विद्यालयहरुलाई एउटा विद्यालयलाई वडाबाट र अर्को विद्यालयलाई नगरबाट बजेट विनीयोजन गरेर विद्यार्थीहरुलाई पढ्दै सिक्दै कमाउने उदेश्यका साथ च्याउ उत्पादन गर्ने तालिम प्रदान गर्ने कार्यक्रम माघ २१ गते बाट सुरु गरेका छाै ।’
वडामा रहेका २ वडा विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम वडा कार्यालयदारा सञ्चालन गरिएकाे छ । पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी च्याउ खेति कार्यक्रम वडाले संञ्चालन गरेकाे वडा अध्यक्ष चाैधरीले बताउनुभयाे ।
वडा अध्यक्ष चाैधरीले भन्नुभयाे , ‘स्वआर्जन गरी अध्ययन गर्न इच्छुक तथा गरिबको कारणबाट आय आर्जन गरी पढ्नु पर्ने अवस्थामा रहेका परिवारका विद्यार्थीमा उद्यमशीलता, स्वावलम्बन तथा व्यावसायिक सोच विकास गरी आत्मनिर्भर बनाउने उद्देश्य रहेको छ । वडाले विद्यालयमा सुरु गरेको ‘पढ्दै कमाउँदै कार्यक्रम’ अन्तर्गत विद्यार्थिहरु पढाइसँगै कृषिमा पनि आबद्ध भएका हुन् । कृषिमा आबद्ध उनिहरुले पढाइ खर्च पनि यसैबाट जुटाइरहेका छन् । ‘
शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग, श्रमलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग जोडी भविष्यमा उद्यमी, व्यवसायिक, सीपयुक्त एवम् स्वाबलम्बी नागरिक उत्पादन गर्ने उद्देश्य यस कार्यक्रमकाे सुरूवात यस वडामा गरीएकाे वडा अध्यक्ष चाैधरीले बताउनुभयाे ।
कार्यक्रम सञ्चालन संगै उपलब्धि मुलक भएकाे उल्लेख गर्नुहुुदै वडा अध्यक्ष चाैधरीले भन्नुभयाे, अहिले विद्यार्थीहरू च्याउ खेती मार्फत आत्मनिर्भर भएका छन् ।










