नयाँ योजनाहरु उपभोक्ता समिति मार्फत गरिरहेका छौंः अध्यक्ष शृङखला
२ फागुन, काठमाडाैँ । नेपालको बागमती प्रदेश धादिङ जिल्ला त्रिपुरासुन्दरी गाउँपालिका स्थित ४ नम्बर वडामा स्थानिय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर वडा अध्यक्षमा कपिल देव शृङखला पुनः निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ । उहाँ अघिल्लो कार्यकालमा पनि निर्वाचित हुनुहुन्थ्यो ।
अध्यक्ष शृङखलाले वडाको कार्यभार समाल्दै वडालाई नमुनाकै रुपमा स्थापित गर्न अहोरात्र खटिरहनु भएको छ ।
वडा कार्यालयबाट प्रदान हुने दैनिकी सेवा सुविधाहरु, पञ्जीकरणका कार्यहरूका साथै वडामा अहिले विकास योजनाका कामहरु तीव्र गतीमा भइरहेको वडा अध्यक्ष शृङखलाले बताउनुभयो ।
२०७९ सालको निर्वाचनमा बहुमत प्राप्त गरि जनताले रुचाएका एक अब्बल अध्यक्ष हुनुहुन्छ कपिल देव शृङखला हेर्दा सामान्य देखिएता पनि उहाँ एकदमै गम्भिर र हरेक समस्या सहजै समाधान गर्न सक्ने एक अब्बल कुटनितिक र चतुर वडा अध्यक्ष हुनहुन्छ ।
पछिल्लो समय त्रिपुरासुन्दरी गाउँपालिका स्थित ४ ले विकासको फड्को मारिहेको छ । प्रत्येक वर्ष जस्तै यो वर्ष पनि वडा नम्बर ४ का वडावासीलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएको छ ।
अध्यक्ष शृङखलाले भन्नुभयो, “हामीले वडामा विशेष प्राथमिकतामा खानेपानीलाई राखेर योजनाका कामहरु तीव्र गतीमा अघि बढाइरहेका छौ ।”
वडामा खानेपानीको समस्या रहेकोले खानेपानीमा आवश्यकताअनुसारको बजेट विनीयोजन गरेसँगै वडामा एक घर एक धारा बनाउने अभियानका साथ कामहरु भइरहेको अध्यक्ष शृङखलाले बताउनुभयो ।
वडा अध्यक्ष शृङखलाले भन्नुभयो, “हामीले वडामा रहेका सबै सामुदायीक विद्यालयहरुलाई आवश्वकताअनुसार बजेट विनीयोजन गरेसँगै शिक्षालाई गुणस्तर बनाउन हामीले मा.वि विद्यालयमा भवन निर्माण गरेर उद्घाटनको तयारीमा रहे सँगै भेटनरी कक्षा सञ्चालन भइरहेको छ ।”
वडामा जिर्ण रहेका स्वास्थ्य भवनहरुलाई मर्मत गर्दै स्वास्थ्य क्षेत्रहरुबाट सेवागा्रहीहरुलाई प्रदान हुने सेवा सुविधाहरु अझ गुणस्तर बनाएर प्रदान गर्ने योजना रहेको उहाँले बताउनुभयो ।
साविकको वडा कार्यालयबाट प्रदान हुने सेवा सुविधाहरुबाट वडाबासीहरुलाई असहज भएको कारण सबैलाई सहज र पाएक पर्ने स्थानमा निर्माण भएको नयाँ वडा कार्यालयमा केही दिनमै सरेर गुणस्तरीय सेवा सुविधाहरु प्रदान गर्ने योजना रहेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “हामीले वडामा रहेका वृद्धवृद्धाहरुको सहजताका लागि उहाँहरुले पाउने सामाजीक सुरक्षा भत्ता वडाबाटै वितरण गर्ने व्यवस्था मिलाएका छौँ ।”
वडा नम्बर ४ स्थित नेपालको सातौँ आठौँ स्थानमा पर्ने त्रिपुरासुन्दरी मन्दीरलाई महत्वकाक्षीं दर्शाउन प्रचार प्रसार गर्ने र पर्यटन तथा भक्त्तजनहरुलाई बस्नका लागि होमस्टे निर्माण गर्ने योजना रहेको अध्यक्ष शृङखलाले जानकारी बताउनुभयो ।
उहाँले वडामा रहेका सडकहरुलाई अध्यन गरेर सडकहरुलाई व्यवस्थापन गरेर सडकहरुलाई ग्राभेल तथा नाली सहीत स्तर उन्नती गर्ने र काठे पुलहरुलाई विस्थापीत गरेर फलामे पुलको स्थापीत गर्ने योजना रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “हामीले वडामा रहेका सबैलाई नभएर केही कृषकहरुलाई पचास प्रतिशत अनुदान दिएर कृषि सामाग्रीहरु वितरण गर्ने योजना बनाएका छौँ ।”
त्यसैगरी अपाङ्गहरुलाई मुडा बुन्ने र युवाहरुलाई पैँतालिस दिने इलेक्ट्रिक सम्बन्धी तालिमसँगै महिलाहरुलाई सिलाई बुनाई तालिम प्रदान गर्ने योजना बनाएका छौँ ।”
वडा अध्यक्ष शृङखलाले भन्नुभयो, “वडा नमुना बनाउने हाम्रो उदेश्य रहेको छ । योजना बनाएर अघि बढे विकास र समृद्धिको सन्देश वडाबाटै दिन सकिने छ ।”
उहाँ अघिल्लो कार्यकालमा पनि निर्वाचीत भएको र वडाबासीको साथ, सहयोगको कारणले वडामा काम गर्न कुनै गाह्रो नभएको उहाँले बताउनुभयो ।
वडामा स्वास्थ्य, शिक्षा, कृषि तथा सिँचाइ र खानेपानी लगायत जनताको सुझाव र आवश्यकता पहिचानका आधारमा योजना अगाडी बढाउने वडाको विकास गर्दै लगिने वडा नम्बर ४ का अध्यक्ष शृङखलाले बताउनुभयो ।
अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहनुहुन्छ ?
वडा नम्बर ४ प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ४ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।







