Share Icon

काठमाडाैं । आगामी जनवरी २९ देखि फेब्रुअरी १२ सम्म युएईको सारजाहामा आयोजना हुने विश्व स्केटबोर्ड च्याम्पियनशीप प्रतियोगितामा भाग लिन जाने खेलाडी टोलीको काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले एक कार्यक्रमको बीच बिदाई गरेका छन् ।

बिदाई क्रममा मेयर बालेन्द्र शाहले साहसिक खेलका माध्यमबाट देशले पर्यटन क्षेत्रमा ठूलो योगदान रहने हुँदा यस्ता प्रकारका खेललाई पर्यटकीय खेलका रुपमा प्रवर्द्धन गर्नुपर्ने आवश्यक रहेको कुरा बताउनुभयो ।

यस प्रतियोगिता भाग लिने खेलाडीहरुले पाँचौं राष्ट्रिय स्केटबोर्ड च्याम्पियनशीपमा बिजेता तथा उपबिजेताहरु रहेका थिए । जसअन्तर्गत २ महिला र २ पुरुष खेलाडीहरु छन्, जसमाः पुरुषतर्फ गजेन्द्र बर्देवा र बसन्त राई रहेका छन् भने महिलातर्फ समीक्षा राई र पेम्बा श्रेष्ठ रहेका छन् ।

त्यस्तै टिम म्यानेजर अजय सारु र प्रशिक्षक उज्ज्वल डंगोल रहेको कुरा यस संघका अध्यक्ष अच्युत खनालले जानकारी दिनुभयो । स्केटबोर्ड वल्र्ड च्याम्पियनशीप प्रतियोगिता आगामी पेरिस २०२४ ओलम्पिक क्वालिफाईङ्ग प्रतियोगिता पनि हुने भएकाले यस प्रतियोगितालाई महत्वका साथ लिइएको छ ।

नेपाल स्केटिङ्ग तथा स्केटबोर्डिङ्ग संघले नेपालमा स्केटिङ्ग तथा स्केटबोर्डिङ्ग खेलप्रति रुची राख्ने धेरै पुस्ता हुँदा–हुँदै पनि खेलस्थल अभावका कारण पछाडि परिरहेको सन्दर्भमा यस खेलको उचित र वैज्ञानिक प्रवद्र्धनका लागि संघले स्थापनाकालदेखि नै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा विविध कार्यक्रम गर्दै आइरहेको छ ।

Facebook Comments Box

Share Icon