धनकुटा नगरपालिका वडा नम्बर १० ले विकासकाे फड्काे मार्दै
११ माघ, काठमाडाैं । धनकुटा जिल्लाको धनकुटा नगरपालिका वडा नम्बर १० ले विकासले मुहार फेरेको छ ।
पछिल्लो समय वडा नम्बर १० का वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याइएकाे छ।
जनताको विकास र समृद्धिको लागि वडाका हरेक क्षेत्रमा भइरहेकाे वडा अध्यक्ष नगेन्द्र पाण्डेले बताउनुभयो ।
उहाँले भन्नुभयाे,स्थानीय तहको निर्वाचनपछि वडामा शिक्षा, स्वास्थ्य, खानेपनी, बाटो सडक, कृषि, सांस्कृतिक तथा धार्मिकका योजना तथा कार्यक्रमहरु ल्याएका छौ । बाटो सडकको विकास निमार्णको कामहरु भइरहेको छ।’
त्यस्तै धार्मिक क्षेत्रमा मठमन्दिर बनाउने कामहरु तीब्र गतिमा भइरहेकाे उहाँले बताउनु भयाे ।
वडामा खानेपानी र बाटो तथा सडककाे पनि स्तराेन्तीकाे लागि काम भइरहेकाे बताउनु भयाे ।
शैक्षिक गुणस्तर वृद्धि गर्न वडाले विशेष जोड दिएको उहाँले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयाे,’कृषकलाई विउँविजन, रासायनिक मल वितरण गरेका छौँ, युवाहरुको लागि वडाको पहलबाट खेलकुदको लागि सामाग्री वितरण गरेका छाैँ, साथै खेल मैदानको मर्मत सम्भार गर्ने काम भइरहेकाे छ।’
वडा अध्यक्ष पाण्डेले महिलाहरुको लागि सिपमुलक तालिमको सञ्चालन गरेकाे बताउनु भयाे ।
उहाँले भन्नुभयो,’वडाबासीहरुले वडामा काम गर्नको लागि निकै साथसपोर्ट गर्नुभएको छ । वडामा धेरै योजना तथा कार्यक्रमहरु रहेका छन । योजनाहरु सम्पन्न गर्नको लागि हामी सदैब लागि परेका छौ।’
उहाँले स्रोत साधनले भ्याएसम्म समग्र वडालाई समेट्दै निरन्तर विकासका कामहरु अगाडि बढाइरहेकाे बताउनु भयाे ।
वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो, भनेर साधेको प्रश्नमा उहाँको उत्तर
मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुशी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिने छैन । जनताको चाहना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।
अन्त्यमा वडा नम्बर १० का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर १० वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु ।
जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ, जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि म सदैब लागि परिरहने छु ।







