कृषि क्षेत्रलाई प्राथमिक्तामा राखेर वडालाई विकास तर्फ धकेल्दैः वडा अध्यक्ष चौधरी
३ माघ काठमाडाैँ । दाङ जिल्ला लमही नगरपालीका वडा नं. २ का वडा अध्यक्ष नेपालु चौधरीले स्थानीय तहको निर्वाचनमा भारी बहुमत ल्याएर अध्यक्ष पदमा पुन. निर्वाचीत हुनुभयो । उहाँ अघिल्लो कार्यकालमा पनि निर्वाचीत हुनुभएको थियो ।
पछिल्लो समय दाङ जिल्लास्थित लमही नगरपालीका वडा नम्बर २ ले विकासमा फड्को मारिरहेको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष नेपाल चौधरी अहोरात्र खटिरहनुभएको छ ।
पछिल्लो समय वडा नम्बर २ मा वडावासीको आवश्यकतालाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएको छ ।
उहाँले अघिल्लो कार्यकालमा रहेका योजना र जनताले अपेक्षा गरेका काम सम्पन्न भइसकेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “विकास योजनाका केही काम जारी रहेको र बाँकी रहेका योजनाको छलफल भइरहेको छ,् नगरको व्यवस्थापकीय परीषदले गर्दा विकास योजनाका काम गर्न ढिला भएको हो अब हामी ढिला नगरी विकास निर्माणका कामहरु तिव्र रुपमा अघि बढाउने छौँ ।”
उपभोक्ता समिती मार्फत केन्द्रका योजनाहरुको काम भइरहेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “वडामा नम्बर २ मा कृषी उत्पादन अत्याधिक हुने भएकाले विशेष प्राथमिक्ता कृषीलाई दिए सगँै सडक, शिक्षा र स्वास्थ्यमा पनि जोड दिएको बताउनुभयो ।”
उहाँलाई वडाबासीले साथ र सहयोग दिएकोले वडामा काम गर्न कुनै गाह्रो नभएको उहाँले बताउनुभयो ।
वडा अध्यक्ष चौधरी भन्नुहुन्छ, “म आफ्नो कार्यकाल भित्र आफ्नो वडालार्ई कृषि, सडक, स्वास्थ्य, र शिक्षासगैँ चौतर्फी विकासमा ध्यान केन्द्रित गरेर वडामा सुन्दर र समृद्धिको विकास गर्दै आफनो वडालाई नमुना वडा बनाउने लक्ष्य लिएकाे छु ।”
वडा अध्यक्षमा निर्वाचित हुँदा कस्तो अनुभूति भयो ?
मलाई वडाबासीहरूले विश्वास गरेर वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुँदा निकै खुशी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ, त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।







