वडालाई सुन्दर समृद्धि बनाउँदै अध्यक्ष साउँद
३ माघ, काठमाडाैं। कैलाली जिल्लाको चुरे गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष केशव बहादुर साउँद स्थानियतहको निर्वाचनमा बहुमतल्याएर वडा अध्यक्षमा पदमा निर्वाचित हुनुभएको छ ।
चुरे गाउँपालिका वडा नम्बर २ माअहिले विकासले मुहार फेरेको छ। जनप्रतिनिधिले चाहेको खण्डमा वडामा कामगर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष साउँदले बताउनुभयो ।
स्थानियतहको निर्वाचनभएर आएपछि वडामा स्वास्थ्य,शिक्षा, बाटो सडक, कृषि,खानेपानि,भौतिकपुर्वाधार विकासका योजना, धार्मिक तथा सांस्कृतिकका योजनातथाकार्यक्रमहरु ल्याएको वडा अध्यक्ष साउँदले बताउनुभयो ।
उहाँले वडामा अहिले वडा कार्यलयको भवन निमार्ण भईरहेको बताउनुभयोे। त्यसैगरी उहाँले खानेपानिको क्षेत्रमा स्रोत साधनले पुगेसम्मवडाका घरघरमाधारा पुराउने लक्ष्यका साथकामगरिरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “हामीले स्वास्थ्यको क्षेत्रमा स्वास्थ्यभवनको निमार्णमापहलगरिरहेका छौ, भने शिक्षा क्षेत्रमाविद्यालयहरुमाभौतिक सुधार लगाएतशिक्षालाई गुणस्तर बनाउनहामीलागीपरीरहेका छौँ ।”
उहाँलेकृषि क्षेत्रमा उत्पादनका लागि विउ विजन वितरण गर्ने र कुषिलाई बजारीकरण बनाउनका लागी विशेष जोड दिएको बताउनुभयो ।
उहाँले वडा खबरसँग कुरा गर्दै भन्नुभयो, “हामीले वडामा पहिलो प्राथमिकतासडकलाई दिँदै सडक नपुगेको ठाउँमा पुराउने र सडकलाई गा्रबेल सँगै स्तरउन्नति गर्ने लक्ष्यका साथ काम अगाडि बढाइ रहेका छौ ।
वडाअध्यक्ष साउँद भन्नुहुन्छ, “म आफ्नो कार्यकाल भित्र आफ्नो वडालाई बाँकी रहेका योजनाहरु पुरा गर्न अहोरात्र खटेर आफ्नो वडालाई सुन्दर समृद्धि बनाउनुका साथै वडा बासीहरुको समस्यालाई सामाधानगर्दै चौर्तफी विकासमा ध्यान केन्द्रित गरेर आफ्नो वडालाई नमुना वडा बनाउने लक्ष्यराखेको छु ।
पहिलो पटक वडा अध्यक्षमानिर्वाचितहुदाँ कस्तो अनुभुतिभयो, भनेर साधेको प्रश्नमाउहाँको उत्तर
मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमाजिताउनुभयो । जनताको मतबाट निर्वाचितहुदाँनिकै खुशिलाग्यो । जुनविश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिने छैन।
जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु । अन्त्यमा वडा नम्बर २ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु ।
मलाई अमुल्यभोट दिए््वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर २ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु ।
जसरी जनताले म प्रतिविश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु।







