सत्ता गठबन्धनमा टुङ्गियो मन्त्रालयको भागबण्डा, भोलि १ बजे मन्त्रीहरूको शपथ

Share Icon

काठमाडौं । सात दलीय गठबन्धन दलले मंगलबार मन्त्रिपरिषद्लाई पूर्णता दिने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले मन्त्रालयको बाँडफाँट टुङ्गयाएको हाे ।

त्यसअघि प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको थियो ।

बैठकमा सहभागी एक मन्त्रीले सत्ता गठबन्धनमा मन्त्रालयको भागबण्डा टुङ्गिएकाेले भाेलि १ बजे मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रम रहेकाे बताए ।

ती मन्त्रीका अनुसार कुन-कुन मन्त्रालयले कुन दलले लिने विषयमा दहहरूबीच सहमति भएकाे छ ।

मंगलबार नै मन्त्रीहरुको नामसहित भागबण्डाको विवरण सार्वजनिक गरिने तयारी रहेकाे छ ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.