रास्वपाबाट मन्त्री टुंगो लगाउने अधिकार अध्यक्ष लामिछानेलाई
काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट मन्त्री छनोट गर्ने जिम्मा अध्यक्ष रवि लामिछानेलाई दिइएको छ।
रास्वपाको सोमबार बसेको संसदीय दलको बैठकले विज्ञताका आधारमा मन्त्री छनोट गर्न पार्टी अध्यक्ष तथा उपप्रधान तथा गृहमन्त्री लामिछानेलाई जिम्मा दिने निर्णय भएको पार्टी केन्द्रीय सदस्य तथा सांसद सन्तोष परियारले जानकारी दिए।
सांसद परियारका अनुसार सत्ता साझेदार दलहरूसँग छलफल गर्ने जिम्मा अध्यक्ष लामिछानेलाई दिएको कारण पनि मन्त्री छान्ने अधिकार पनि उनलाई नै दिइएको हो।
Facebook Comments Box
Related posts:
व्यवस्था परिवर्तनको आन्दोलनलाई ख्यालठट्टा नसोच्न सरकारलाई राप्रपाको चेतावनी
उपनिर्वाचनः आवश्यक सामग्री सहित कर्मचारी मतदानस्थलमा
राष्ट्रपति पौडेलद्वारा नवकन्याको पूजा अर्चना
उपचारपछि कांग्रेस नेता डा भण्डारी स्वदेश फर्किदै
जलवायु परिवर्तनले पारेकाे असर अवलोकन गर्न नेपालका हिमाली क्षेत्रमा आउँः महासचिव गुटेरेस