नवलपुर । नवलपुरको कावासोतीमा रहेको केरुङ्गे खोलामा अवैध रूपमा नदी उत्खनन गर्ने चाइना स्टेट कम्पनीका ३ वटा टिपर र एउटा जेसिबीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कावासोती १६ डण्डामा रहेको केरुङ्गे खोलामा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गरिरहेको अवस्थामा प्रहरीले ३ वटा टिपर र एउटा जेसिबीलाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार प्रहरीले लु १ अ यो ३२, लु १ अ यो २६ र ना ६ ख ६७३५ नम्बरको टिपर र बा ३ क ८०२६ नम्बरको जेसिबीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीले नियन्त्रणमा लिएको टिपर र जेसिबीलाई प्रहरी चौकी डण्डामा राखिएको छ । केही दिनदेखि चाइना स्टेट कम्पनीले केरुङ्गे खोलामा दोहन गरिरहेको प्रहरीको भनाइ छ ।
Related posts:

भक्तपुरकाे खरिपाटीमा रहेकाे ‘नियाना मन्टेश्वरी’ अभिभावककाे राेजाइमा, यस्ता छन् राेजाइमा पर्नुका कारण

विचार : छठ पर्वमा निहित समावेशी र सादगीपन

वडाको चौतर्फी विकास गर्न लागी परेको छाैं: अध्यक्ष गिरी

आज हिन्दुराष्ट्र नेपाल स्थापना महाअभियानको औपचारिक घोषणा गरिँदै

