जस्टिन ट्रुडोले चीनको गोप्य सहयोगमा दुई चुनाव जितेको गुप्तचर एजेन्सीको आरोप

Share Icon

काठमाडौं । क्यानडाको गुप्तचर एजेन्सीले चीनमाथि निकै गम्भीर आरोप लगाएको छ । गुप्तचर एजेन्सीले क्यानडाको दुईवटा आम चुनावमा चीनले गोप्य हस्तक्षेप गरेको बताएको छ। क्यानडाको गुप्तचर एजेन्सी सीएसआईएसले चीनको संदिग्ध हस्तक्षेपको ठोस प्रमाण पनि फेला पारेको जनाएको छ।

क्यानेडियन सेक्युरिटी इन्टेलिजेन्स सर्भिस (सीएसआइएस) को अनुसन्धान प्रतिवेदनले सन् २०१९ र २०२१ को आमचुनावमा चीनले हस्तक्षेप गरेको जनाएको छ । यी चुनावमा प्रधानमन्त्री जस्टिन ट्रुडोको लिबरल पार्टीले जित हासिल गरेको थियो । क्यानडाको चुनावमा चीनको भूमिकालाई लिएर विपक्षीहरूको आक्रोशपछि ट्रुडोले विदेशी हस्तक्षेपसम्बन्धी अनुसन्धान गर्न आयोग गठन गरेका थिए।

क्यानडाको खुफिया एजेन्सी सीएसआईएसले चुनावमा विदेशी हस्तक्षेपबारे एउटा दस्तावेज तयार गरेको छ, जसमा २०१९ र २०२१ मा भएको क्यानडाको आम चुनावमा चीनले हस्तक्षेप गरेको दाबी गरिएको छ। यी दुवै घटनामा विदेशी हस्तक्षेपको ठोस प्रमाण छ । यी चुनावमा चीन समर्थित वा सरोकारवालाको समर्थन रहेको थियो । प्रधानमन्त्री जस्टिन ट्रुडोको कार्यालयलाई पनि यस सम्बन्धमा जानकारी गराइएको छ ।

तर, चीनले क्यानडाको राजनीतिमा हस्तक्षेप गरेको आरोप अस्वीकार गर्दै आएको छ । क्यानडामा सन् २०२१ को चुनावमा कन्जरभेटिभ पार्टीको अभियानको नेतृत्व गरिरहेकी एरिन ओ टुलले चुनावमा चीनको हस्तक्षेपको डर व्यक्त गरेकी थिइन् । उनले चिनियाँ हस्तक्षेपका कारण आफ्नो पार्टीले नौ सिट गुमाएको बताइन् ।

खुफिया विश्लेषकहरू र कन्जरभेटिभ पार्टीको दाबीअनुसार ट्रुडो सरकारले चिनियाँ हस्तक्षेपलाई सम्बोधन गर्न पर्याप्त काम गरेको छैन । ट्रुडो बुधबार यस आयोगमा उपस्थित हुनुपर्नेछ।

कन्जरभेटिभ पार्टी सामान्यतया चीनमा लिबरल पार्टी भन्दा बढी कडा हुन्छ। कन्जरभेटिभ पार्टीले २०२१ को चुनावमा चीनमा उइगर मुस्लिमहरूमाथि भइरहेको अत्याचारबारे चीनको सार्वजनिक रूपमा आलोचना गरेको थियो। सीएसआईएसको यो रिपोर्टमा चिनियाँ दूतावासले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । क्यानडामा चिनियाँ मूलका करिब १७ लाख मानिस बस्छन्।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.