बैंकहरूलाई डुबाउन नियोजित तरिकाले हमला गरिएको छ : ओली

Share Icon

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थतन्‍त्रलाई धरायासीमा पार्न केही व्यक्तिहरूले अभियान चालिरहेको आरोप लगाएका छन् ।

मंगलबार ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा केन्द्रीय समितिको बैठकमा बोल्दै अध्यक्ष ओलीले केहीले अभियान चालेर देशको अर्थतन्त्र समाप्त पार्न बैंकहरूविरूद्ध हमला गरिरहेको बताएका हुन् । अध्यक्ष ओलीले नियोजित तरिकाले हमला गरी बैंकहरूलाई डुबाउन खोजिएको पनि बताए ।

यसरी बैंक डुबाएर देशमा भइरहेका आयोजनाहरू पनि कोल्याप्स पार्ने प्रयास भइरहेको उनले बताए।

उनले भने–‘एउटा अभियान छ फेरि, देशको अर्थतन्त्र समाप्त पार्नका लागि बैंकविरूद्धको हमला गर्ने। एकदमै नियोजित ढंगले बैंकविरूद्ध हमला, ताकि मानिसहरूको निक्षेप पनि डुबोस्, बैंकहरू पनि डुबुन् र सबै आयोजनाहरू बैंक डुब्ने बित्तिकै कोल्याप्स होस् भन्ने। त्यस प्रकारका प्रयासहरू भएका छन् ।’

त्यसविरूद्ध लड्न सरकारसँग कुनै सोँच नभएको पनि उनले बताएका छन्।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.