ड्युटीमा खटिएका बेला गोली लागेकी महिला प्रहरीको मृत्यु, गोली हान्ने श्रीमान पनि प्रहरी

Share Icon

दाङ । दाङमा गोली लागेर घाइते भएकी महिला प्रहरी धनमाया थापाको मृत्यु भएको छ ।

घोराहीको दामोदर चोकमा ड्युटीमा रहेकी महिला प्रहरी धनमाया थापालाई उनका श्रीमानले गोली हानी हत्या गरेका हुन् ।

श्रीमान पनि प्रहरी नै रहेको खुलेको छ । वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत प्रहरी जवान धनमायालाई बाँकेको नेपालगञ्जमा कार्यरत उनका श्रीमान यमबहादुर झाक्रीले साढे ८ बजेतिर गोली हानेर हत्याका थिए ।

यमबहादुर झाक्रीलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ । घटनाबारे थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.