चीन तिब्बती सँस्कृति जरैदेखि निमिट्यान्न पार्न उद्दत : तिब्बती नेता छिरिङ

Share Icon

एजेन्सी । तिब्बतको निर्वासित सरकारका नेता सिक्योङ पेन्पा छिरिङले तिब्बती सँस्कृति जरैदेखि निमिट्यान्न पार्न चीन उद्दत रहेको टिप्पणी गरेका छन् ।

अमेरिकाको वाशिंटनमा रहेको नेशनल प्रेस क्लबले जनाएअनुसार सिक्योङ छिरिङले चीनले तिब्बती सँस्कृतिको जरामै प्रहार गरिरहेको टिप्पणी गरेका हुन् ।

अभिनेता रिचर्ड गिरसमेत सहभागी रहेको एक कार्यक्रममा सिक्योङ छिरिङले भने, ‘चीनले तिब्बतमा कठोर शासन गर्दै आएको छ ।’

भारतीय समाचार संस्था एएनआईका अनुसार उनले चिनियाँ कम्युनिष्ट अधिकारीहरुले स्थानीय विद्यालयहरुमा तिब्बती भाषा विस्थापित गर्दै लगेको र स–साना गाउँहरुको नाम पनि परिवर्तन गरी चिनियाँ नाम राख्ने गरेको बताए ।

‘हाम्रो पहिचान नै लोप हुनसक्छ, यो तिब्बतको भविष्यमा देखिएको सबैभन्दा ठूलो जोखिम हो ।’ सिक्योङ छिरिङलाई उद्धृत गर्दै एएनआईले जनाएको छ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.