चौथो एशियाली पारा खेलकुदमा सहभागी हुने नेपाली टोलीको बिदाई

Share Icon

२९ असाेज, काठमाडौं । चीनको हाङझावमा हुने चौथो एशियाली पारा खेलकुदमा सहभागी हुने नेपाली टोलीको बिदाई गरिएको छ ।

साेमबार टोलीलाई सफलताको शुभकामना दिंदै राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष शिव कोइराला र सदस्य–सचिव टंकलाल घिसिङले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको अडिटोरियम हलमा आयोजित एक कार्यक्रमबीच बिदाई गर्नुभएको हो ।

अक्टोबर २२ देखि २८ तारिखसम्म हुने पारा खेलकुदमा विभिन्न १० खेलमा १९ खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । साथै बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तान पनि पारा खेलकुदका लागि हाङझाव जाने हुनुभएकाे छ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.