१८ असाेज,काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले यहि असाेज २० गते शनिबार विश्वासको मत लिने हुुुनुभएको छ ।
बुधबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा कार्कीले शनिबार विश्वासको मत लिने समझदारी जुटेको हो । संविधानको धारा १सय ६८ को उपधारा ३ अनुसार कार्की गत भदौ २२ गते मुख्यमन्त्री बन्नुभएको थियो ।
संविधानअनुसार मुख्यमन्त्री भएको ३० दिनभित्र अर्थात यही २० गतेभित्र कार्कीले विश्वासको मत लिइ सक्नु पर्ने हुन्छ । तर विश्वासको मत पाउन भने मुस्किल हुने देखिएको छ । प्रदेशसभामा नेकपा एमालेका ४० जना सांसद रहेका छन् ।
९३ सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि ४७ जना सांसदकाे आवश्यक पर्छ ।
Facebook Comments Box
Related posts:

सुन तस्करी प्रकरणकाे छानविन आयोग आजै घोषणा गर्न शीर्ष दलहरूकाे माग

वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याएका छौँ :अध्यक्ष कुवर

नेपालले पनि सांस्कृतिक नक्सा जारी गर्नुपर्छ : महामन्त्री थापा

आयोगलाई दाहालको काइते पाराकाे जवाफ – उम्मेदवारी दर्ता गर्न जाँदा कसले बाजा बजायो मलाई थाहा छैन

