Share Icon

६असाेज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल शनिबार चीन पुग्नु भएको छ।

उहाँले शनिबार नै चीनका राष्ट्रपति सी जिनफिङबीच भेटवार्ता हुने भएकाे हाे । संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गरेर प्रधानमन्त्री दाहाल शुक्रबार न्युयोर्कबाट चीन जानुभएको हो । हाङझावमा हुने एशियाली खेलकुदको उद्घाटन समारोहमा सरिक हुनुअघि प्रधानमन्त्री दाहालले राष्ट्रपति सीसँग भेटवार्ता गर्नुहुने जनाइएकाे छ ।

उहाँ आइतबार चीनको राजधानी बेइजिङ जाने र सोमबार भने चिनियाँ प्रधानमन्त्री लि छियाङ्सँग भेटवार्ता गर्ने कार्यक्रम रहेकाे छ । भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले छोङछिङ महानगरपालिकामा रहेको छोङछिङ एकेडमी अफ एग्रीकल्चरल साइन्सको अवलोकन समेत गर्नुहुने भएकाे छ ।

बेइजिङबाट छेन्तु हुँदै प्रधानमन्त्री दाहाल आगामी शनिबार मात्रै स्वदेश फर्कने कार्यतालिका तय गरिएकाे छ ।

Facebook Comments Box

Share Icon