रूपा गाउँपालिका वडा नम्बर ५ मा ज्येष्ठ नागरिक दिवा मनाेरञ्जन कार्यक्रम आरम्भ
काठमाडाैं । कास्कीकाे रूपा गाउँपालिका वडा नम्बर ५ मा ज्येष्ठ नागरिक दिवा मनाेरञ्जन कार्यक्रम आरम्भ भएकाे छ ।
वडा अध्यक्ष राजन खनालले वडाभित्र रहेकाे देउराली बजारमा एउटा ज्येष्ठ नागरिक दिवा मनाेरञ्जन कार्यक्रम सञ्चालन भएकाे बताउनु भयाे ।
उहाँले अर्काे स्थानमा पनि ज्येष्ठ नागरिक दिवा मनाेरञ्जन कार्यक्रम सञ्चालनकाे पनि तयारी भइरहेकाे जानकारी दिनुभयाे ।
उहाँले भन्नुभयाे,’ यही आउँदाे २९ गते देउराली फेदीको दोमान आमा समूहको भवनमा ज्येष्ठ नागरिक दिवा मनाेरञ्जन कार्यक्रम शुभारम्म गरिनेछ।’
त्यस्तै फरक प्रसंगमा वडा अध्यक्ष खनालले गाँउपालिकाले यो वर्ष सिम्लीधान खेती माहुरी पालन व्यवसायमा प्रशस्त बजेट विनियाेजन गरेकाे बताउनु भयाे ।
Facebook Comments Box







