बारागढी गाउँपालिकाद्वारा ७ सय ३० सेट चुल्हाेसहित ग्यास सिलिण्डर वितरण
बारा । बाराको बारागढी गाउँपालिकाले बिहीबार र शुक्रबार गरी गाउँमा आज ७ सय ३० घरधुरीलाई चुल्हाेसहित ग्यास सिलिण्डर वितरण गरेको छ ।
गाउँघरका वृद्धवृद्धा महिलाहरु दाउराबाट खाना पकाउँदा दम, खोकी जस्ता रोगको समस्या विकराल बन्दै गएको अवस्थामा गाउँपालिकाले दाउराको सट्टा ग्यास बाल्न पालिकाले ग्यास सिलिण्डर तथा चुल्हो सेट वितरण सुरु गरेको छ ।
चालु आर्थिक वर्ष २०७८/०७९ को स्वीकृत कार्यक्रम अन्तरगत ७ सय ३० घरधुरीलाई चुल्हाेसहित ग्यास सिलिण्डर वितरण गरिएकाे गाउँपालिकाका अध्यक्ष अशाेक कुमार जयसवालले बताउनु भयाे ।
वडा नं. १ को ९ सय ४४ घरधुरीमध्ये ७ सय ३० घरधुरीलाई चुल्हाेसहित ग्यास सिलिण्डर वितरण गरिएकाे गाउँपालिकाले जनाएको छ । गाउँपालकाले आज एक औपचारिक कार्यक्रमकाे आयाेजना गरी चुल्हाेसहित ग्यास सिलिण्डर वितरण गरेकाे गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी देवी रायले बताइन् ।
अधिकांश परिवारले गुईठा र दाउराको प्रयोग गरी खाना पकाउदा स्वास्थ्यमा समस्या हुने गरेकाले चुल्हाेसहित ग्यास सिलिण्डर वितरण गरिएको गाँउपालिकाका प्रमुख प्रशाकीय अधिकृत कमलेश कुमार मिश्र जानकारी दिनुभयाे ।
उहाँले यस्ताे सहयाेगले गाउँपालिकालाई धुवाँरहित बनाउनको लागि ठूलो सहयोग पुग्ने बताउनु भयाे । गाउँमै ग्याँस चुलोमा खाना पकाउन पाउने भएपछि स्थानीय दंग छन। ‘वर्षौंदेखि धुवाँले आँखा पिरो हुँदासम्म खाना पकाउन बाध्य थियौ’, स्थानीय सीता यादवले भन्नुभयाे, ‘अहिले ग्याँस चुलोमा खाना पकाउन पाउँदा खुसी छौ।’
सित्तैमा एउटा ग्याँस चुलो र भरिएको ग्यास सिलन्डर पाएपछि गाउँलेहरु हर्षित भएका छन्। ‘दाउरा खोज्न निकै समस्या हुन्थ्यो, वनजङ्गल पनि विनाश भइरहेको थियो’,अर्की स्थानीय कबिता शाहले भन्नुभयो, ‘गाउँपालिकाले ग्यास सिलिण्डर वितरण गरेपछि बन संरक्षण हुनुका साथै दाउरा र धुँवाको झन्झट हट्नेछ ।’
पिपरा स्थित वडा कार्यालय परिसरमा आयोजित एक कार्यक्रमबीच बिहीबार र शुक्रबार गरि दुई दिन वडा नं. १ का महिलाहरुलाई ग्याँस सिलिण्डर तथा चुल्होसेट वितरण गरिएको हो ।
गाउँपलिका अध्यक्ष जसयवाल तथा वडा नम्बर १ का वडाध्यक्ष सुरेश प्रसाद चौधरीले स्थानीयहरुलाई ग्याँस सिलिण्डर तथा चुल्होसेट वितरण गरेका थिए । कार्यक्रममा वडा नं. ३ का वडाध्यक्ष उमेश प्रसाद साह, प्रमुख प्रशासकीय.अधिकृत कमलेश कुमार मिश्र, कार्यपालिका सदस्य रामएकवाल हाजारा, धन्मनती मलाहीन, रेनु जयसवाल, हिरालाल साह, भगवान चौधरी, लेखा अधिकृत अजय चौधरी लगायतका कर्मचारी तथा जनप्रतिनिधिहरूको उपस्थिति थियाे ।







