मःम खाने प्रतियोगिता आयोजना गर्दा झमेलामा फस्यो चिनियाँ रेस्टुरेन्ट

Share Icon

एजेन्सी । सबैभन्दा धेरै मःम खाने प्रतियोगिता आयोजना गर्ने चीनको एक रेस्टुरेन्ट समस्यामा परेको छ । यो प्रतियोगिताका कारण चीनमा खाद्यान्नको बर्बादी रोक्न बनेको कानुनको उल्लंघन भएको मानिएपछि रेस्टुरेन्टबारे अहिले अनुसन्धान भइरहेको छ ।

प्रतियोगितामा सबैभन्दा कम समयमा १०८ वटा मसलाले भरिएको मःम खाने व्यक्तिलाई एकपटक नि:शुल्क खाना र ‘ठूलो पेटको राजा’ को उपाधि दिइने भनिएको थियो । तर यो भाइरल चुनौतीले मानिसहरूलाई भ्रमित पार्‍यो । जसका कारण मानिसहरूले चाहिनेभन्दा धेरै खाना अर्डर गरे तर खान सकेनन् र धेरै खाना खेर गयो ।

सन् २०२१ मा चीनमा खाद्यान्नको बर्बादी रोक्न कानुन ल्याइएको थियो । कानुन बनेको दुई वर्ष बितिसक्दा पनि यो ऐन कार्यान्वयन गर्न नागरिकले संघर्ष गरिरहेका छन् । चीनमा गरिएको एक सर्वेक्षणअनुसार देशका होटल र रेस्टुरेन्टमा हरेक वर्ष कम्तीमा ३ करोड ४० लाख टन खाना खेर जाने गरेकाे छ ।

गत वर्ष पनि फुजियान प्रान्तको एउटा रेस्टुरेन्टले आधा घण्टाभित्र ३० किलो बर्गर खाने चुनौती दिएको थियो । यो रेस्टुरेन्टविरुद्ध पनि अनुसन्धान भइरहेको छ। बीबीसी

 

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.