हरिनास गाउँपालिका वडा नम्बर ३ का किसानलाई माउ बाख्रा वितरण

Share Icon

काठमाडाैं । हरिनास गाउँपालिका वडा नम्बर ३ ले किसानलाई माउ बाख्रा वितरण गरेको छ।

वडा अध्यक्ष ओमप्रकाश सिग्देलले वडामा रहेका दलित समुदायका किसानलाई माउ बाख्रा वितरण गरिएकाे जानकरी दिनुभयाे ।

उहाँ अनुसार एक औपचारिक कार्यक्रमकाे आयाेजना गरी दलित समुदायका ६५ घरधुरीलाई माउ बाख्रा वितरण गरिएकाे हाे ।

व्यवसायिक रूपमा बाख्रा पालन गर्दै आएका किसानको प्रोत्साहनको लागि किसानलाई माउ बाख्रा वितरण गरिएकाे उहाँले जानकारी दिनुभयाे ।

बाख्रा वितरण गर्दै वडा अध्यक्ष सिग्देलले किसानलाई सहयोग पुगोस् भन्ने उद्धेश्यले बाख्रा वितरण गरिएको बताउनु भयाे। उनले जीवन निर्वाहमुखी कृषि प्रणालीभन्दा माथि उठेर व्यवसायिक ढंगले लाग्न आग्रह गर्नुभयाे।

त्यस्तै कार्यक्रममा प्रमुख अथितिकाे रूपमा सहभागी गाउँपालिका उपाध्यक्ष इन्द्रा कुमारी थापा रानाले याे कार्यक्रममार्फत समुदायसँग जाेडिन पाउँद खुसी लागेकाे बताउनु भयाे ।

उहाँले किसानलाई माउ बाख्रा सदुपयाेग गरी आयआर्जन मुखी बनाउन आग्रह गर्नुभयाे ।

गाउँपालिकाकाे आर्थिक सहयाेगमा दलित समुदायका किसानलाई माउ बाख्रा वितरण गरिएकाे वडा अध्यक्ष सिग्देलले बताउनु भयाे ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.