सुर्यगढी गाउँपालिका वडा नम्बर १ काे कार्यालयले शनिबार वडा भेला गर्दै

Share Icon

काठमाडाैं । आगामी आर्थिक वर्षका लागि योजना छनोट गर्न यति बेला देशभरिका वडा कार्यालयहरूले वडा भेला गरिरहेका छन् ।

साेही क्रममा नुवाकाेट सुर्यगढी गाउँपालिका वडा नम्बर १ काे कार्यालयले पनि वडा भेला आयाेजना गर्न लागेकाे छ । वडा अध्यक्ष राज कुमार तामाङ रन्जितले भाेलि शनिबार वडा भेला हुन लागेकाे जानकारी दिनुभयाे

जनताको मागलाई सम्बोधन गर्ने बाचासहित निर्वाचित भएका वडा अध्यक्ष रन्जितले टाेल विकास सुधारमार्फत याेजना तथा कार्यक्रम वडा भेलामा ल्याउन वडावासीलाई आग्रहसमेत गर्नु भएकाे छ ।

उहाँले भन्नुभयाे,’सुर्यगढी गाउँपालिकाको आ.व.०८०/८१ को नीति तथा कार्यक्रम निर्माणका लागि राय सल्लाह सुझाब सङ्कलन र योजना छनोट गर्नका लागि वडा भेलामा उपस्थित हुन वडावासीलाई हार्दिक अनुराेध गर्दछु।’

वडा कार्यालयले वडा भेलाकाे लागि सूचनासमेत जारी गरेकाे छ ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.