Share Icon

२८ जेठ , काठमाडौं ।  कंचनपुर जिल्लाको दक्षिण९पुर्वी भेगमा अवस्थित पुनर्वास नगरपालिका साबिकका परासन,त्रिभुवनवस्ती र कालिका गरी तीन वटा गा।वि।स गाभिएर बनेको छ । नेपाल सरकारको २०७१।०१।२५ को निर्णयबाट यो नगरपालिकाको गठन भएकोमा,२०७३।११।२२को निर्णयबाट वाइसी विचवा गा.वि.स.का वडा नं।५,६,७,८ र ९ यसै नगरपालिकामा गाभिएको हो्रजिल्ला सदरमुकामदेखि २२ कोष टाढा सुदुर दक्षिणमा रहेको नगरपालिकाले आफ्नो ऐतिहासिक भौगोलिक,राजनैतिक,सामाजिक र धार्मिक महत्व बोकेको छ ।

वि.सं.२०२८ सालमा तत्कालिन नेपाल पुनर्वास कम्पनिद्वारा व्यवस्थित रुपले बसोबास गराएको हुँदा सोहि समयदेखि नै यस क्षेत्रलाई पुनर्वास क्षेत्र भनिएको हो ।

नेपालमा संघीयताको अभ्यास भइसकेको छ । यस्तो अवस्थामा मुलुक संघीय प्रणालीमा गइसकेपछि दोस्रो पटक भएको स्थानीय तहको निर्वाचन भएको १ वर्ष दिन बितिसकेको छ ।

पुनर्वास नगरपालिका  वडा नम्बर ३ मा अहिले विकासका काम तीव्र गतिमा भइरहेको छ ।

पुनर्वास नगरपालिका वडा नम्बर ३ मा अहिले विकासले मुहार फेरिएको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बन्नुभएको छ अध्यक्ष कृष्ण बहादुर तामाङ ।

चालु आर्थिक वर्षको बजेटबाट वडामा काम चाडै सक्ने तयारीमा रहेको वडा अध्यक्ष तामाङले जानकारी गराउनुभयो । योजना बनाउन टोलटोलमा रहेको कुरा समेत अध्यक्ष तामाङले उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “हामीले वडामा प्राथमिकता खानेपानी र सडकलाई दिदैँ वडा नम्बर ३ मा यो वर्ष वडावासीहरुको आवश्यकतालाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याएका छौँ।”

पुनर्वास नगरपालिका वडा नंम्बर ३ मा तीव्र रूपमा बिकासकार्य भइरहेको छ । स्थानीय तहको चुनाव पश्चात् उक्त वडाको हरेक क्षेत्रमा जनताको अपेक्षा अनुसारका कार्यहरू सशक्त रूपमा अगाडी बढाइएको वडा अध्यक्ष तामाङले बताएका छन् ।

वडाका हरेक ठाउँमा अहिले तीव्र रूपमा विकास भइरहेको र अहिले सम्म विकास कार्य सुरु नगरिएका ठाउँमा समेत अबको केही दिनमा नै कार्य सुरु गर्ने योजना तयार भैसकेको अध्यक्ष तामाङले बताएका हुन ।

पछिल्लो समय पुनर्वास नगरपालिका वडा नं ३ ले विकासको फड्को मारिहेको छ। जनताको समस्या, र वडा विकासको लागी सधैँ तत्पर रहेको वडा अध्यक्ष तामाङले बताउनुभएको छ।

उहाँले भन्नुभयो, “आवश्यक स्रोत साधनको अभावले निम्त्याउने समस्या विकासको बाधक बन्न पुग्दोरहेछ तर जनताको सेवाका लागि निर्वाचित भइसकेपछि भोक,पीर चिन्ता र निन्द्रा भन्नेकुरा आउदो रहनेछ म सदैब लागी पर्ने छु।”

अन्त्यमा समग्र वडाबासीलाई के भन्न चाहानुहुन्छ ?

पुनर्वास नगरपालिका वडा नम्बर ३ का वडाबासीप्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहन्छु ।

जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ, जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । सम्पुर्ण वडाबासीलाई वडामा समेटेर उहाँहरुको मनोभावना बुझेर सोही अनुरुप काम इमान्दारिताका साथ लागी परिरहने चौबिसै घण्टा वडाबासीका समस्याको समाधानमा लाग्ने प्रतिबद्धता जनाउन चाहन्छु ।

Facebook Comments Box

Share Icon