सुर्यगढी गाउँपालिका वडा नम्बर १ मा रहेका मन्दिर वरपर विरुवा वृक्षारोपण
काठमाडाैं । नुवाकाेटकाे सुर्यगढी गाउँपालिका वडा नम्बर १ मा रहेका मन्दिर वरपर विरुवा वृक्षारोपण गरिएकाे छ ।
लोपोन्मुख चुवा जातको फुल फुल्ने विरुवा संरक्षण गर्ने उदेश्यले मन्दिर वरपर वृक्षारोपण गरिएकाे वडा अध्यक्ष राज कुमार तामाङ (रन्जित) ले जानकारी दिनुभयाे ।
उहाँले बरादी, थार गाउँ डाडाटोल क्षेत्रमा अवस्थित धार्मिक तीर्थ स्थल श्री चण्डेश्वरी महादेव मन्दिर परिसर वरिपरि समाज सेवी हेमन्त गुरुङको सक्रियता र वडा कार्यलयको समन्वयमा विरुवा वृक्षारोपण गरिएकाे बताउनु भयाे ।
वडा अध्यक्ष तामाङले पहिरोबाट जोखिम रहेका मन्दिर आसपास क्षेत्रमा ६०० ओटा चुवा जातको फुल फुल्ने विरुवा वृक्षारोपण गरिएकाे जानकारी दिनुभयाे ।
विरुवा वृक्षारोपण गरिएकाे कार्यक्रममा स्थानीय बुद्धि जीविसमाजसेवी, अग्रज व्यक्तित्व, महिला दिदी बहिनी, चण्डेश्वरी आधारभुत विद्यालय प्र.अ. शिक्षिकाहरूका उल्लेखनीय सहभागिता रहेकाे थियाे ।
त्यस्तै वडा सदस्य रबिन्द्र गोले तामाङ, दलित महिला वडा सदस्य धन माया सुनार, लच्याङ बहुउद्देश्यीय सहकारी सस्थाका अध्यक्ष रामेस्वर खनाल, राज कुमार तामाङ समीर, हेमन्त गुरुङ, कृष्ण बहादुर सुनार, काजिमान थिङ, प्रकाश तामाङ, रत्न बहादुर गुरुङ, चण्डेस्वरी आधारभूत विद्यालयका प्र.अ. इस्वरी गुरुङ र शिक्षिका मनिषा गुरुङ
लगायतकाे वृक्षारोपण कार्यक्रममा सहभागिता थियाे ।







