Share Icon

काठमाडाैं । गोरखाको सहिद लखन गाउँपालिकाभित्रका किसानलाई अनुदानमा दुहुनो भैँसी वितरण गरिएको छ ।

गाउँपालिकाको वडा नं ७ बुङकोटका आठ किसानलाई अनुदानमा पाडापाडीसहितको उन्नत जातको दुहुनो भैँसी वितरण गरिएको वडा अध्यक्ष शरण श्रेष्ठले जानकारी दिनुभयाे ।

वडालाई मासु र दूधमा आत्मानिर्भर बनाउन जोड दिँदै आएकाले पशुपालक किसानलाई पशुपालनका लागि प्रोत्साहन गर्न ५० प्रतिशत अनुदानमा दुहुनो भैँसी वितरण गरेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयाे,“गाउँपालिकाले ५० प्रतिशत अनुदान र किसानको ५० प्रतिशत लागत साझेदारीमा दुहुनो भैँसी वितरण गरिएको हो।”,

गाउँपालिकाको आर्थिक वर्ष २०७९/८० का लागि स्वीकृत पशुपालन भैँसी प्रवर्द्धन कार्यक्रमअन्तर्गत किसानलाई दुहुनो भैँसी वितरण गरिएको वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

किसानलाई उत्पादनसँग जोडदै आत्मनिर्भर बनाउने उद्देश्यका साथ दुहुनो भैँसी वितरण गरिएको उहाँको भनाइ छ ।

Facebook Comments Box

Share Icon