काठमाडाैं । दोर्दी गाउँपालिका वडा नम्बर ९ काे कार्यालयले मौरीसहितकाे घार वितरण गरेकाे छ।
वडा अध्यक्ष आशिष तामाङले गाउँपालिकाे समन्वय तथा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई लमजुङ्गको सहयोगमा आ.व.२०७९/०८० को स्वीकृत कार्यक्रमबाट माैरीसहितकाे घार वितरण गरिएकाे जानकारी दिनुभयाे ।
उहाँले हिलेटक्सार मौरी पकेट क्षेत्र भित्रका मौरी पालन किसानहरुलाई दोस्रो चरण अन्तर्गत २ सय ३० वटा मौरी सहितको घार वितरण गरिएकाे बताउनु भयाे ।
वडा कार्यालयले एक कार्यक्रमकाे आयाेजना गरी मौरी सहितको घार वितरण गरेकाे हाे । वडा अध्यक्ष तामाङले यसलाई व्यावसायिक बनाउन सके आर्थिक आयआर्जन बढ्ने बताउनु भयाे ।
Facebook Comments Box
Related posts:

विकास प्रेमी नेताका रुपमा चिनिएका वडा अध्यक्ष थापाले एक वर्षमा केके काम गरे ?

वडाको चौतर्फी विकासमा ध्यान केन्द्रित गर्दै अध्यक्ष सिटौला

विकास प्रेमी नेताका रुपमा चिनिएका वडा अध्यक्ष श्रेष्ठले एक वर्षमा केके काम गरे ?

आफ्नो वडालाई नमुना वडा बनाउने लक्ष्य लिएर अघि बढ्दै: वडा अध्यक्ष थारु



