नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वसांसद शेर्पाले गरे प्रहरीसमक्ष आत्मसमर्पण

Share Icon

काठमाडौं । भुटानी शरणार्थीका नाममा ठगी गरेको आरोप लागेका नेपाली कांग्रेसका पूर्वसांसद आङतावा शेर्पाले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् ।

उनीविरुद्ध जिल्ला अदालत काठमाडौंबाट शुक्रबार पक्राउ पुर्जी जारी भएको थियो । पक्राउ पुर्जी जारी हुनु पहिले नै फरार भएका शेर्पा आफैं प्रहरी कार्यालयमा उपस्थित भएका हुन् ।

यो प्रकरणमा पक्राउ परेका बिचौलियालाई हिरासतमा भेटेर कांग्रेस नेताहरूलाई बयानमा नबोल्न दबाब दिएको उनीमाथि आरोप छ ।

खासगरी शेर्पाले बालकृष्ण खाँणको नाम नलिन हिरासतमै पुगेर सानु भण्डारी र केशव दुलाललाई भेटेका थिए । यससँगै नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नेको संख्या १४ पुगेको छ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.