१२ वैशाख,चितवन । चितवन क्षेत्र नं. २ को उपनिर्वाचनमा ५६ हजार चार सय ९६ मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रवि लामिछानेले ४० हजार ६९ मत प्राप्त गर्नुभएको छ ।
नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले सात हजार चार सय ५७ र नेकपा (एमाले)का रामप्रसाद न्यौपानेले सात हजार दुई सय ६८ मत प्राप्त गर्नुभएको छ ।
भरतपुर महानगरपालिकाका क्षेत्र नं २ मा पर्ने १० वटै वडा र इच्छाकामना गाउँपालिकाको मतगणना सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिनुभयो । हालसम्म आठ सय ७० मत बदर भएको छ । उहाँका अनुसार कालिका नगरपालिकाको मतगणना सुरु भएको छ ।
Facebook Comments Box
Related posts:

सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सदस्य चयन

अर्थमन्त्री र युएसएआईडीका प्रशासक बीच भेटवार्ता

सहकारी र लघुवित्त पीडितका समस्या समाधान गर्न पहल जारी छ, चाँडै टुंगो लाग्छ : प्रधानमन्त्री

कांग्रेस महासमितिमा पेश भएका चार प्रस्ताव सर्वसम्मत पारित

