जनताको मन र मत दुवै जित्न सफल अध्यक्ष पोख्रेल

Share Icon

२९ मंंसिर, काठमाडाैं।  २०७४ सालको निर्वाचनमा पराजित भएता पनि निरन्तर समाज सेवामा निश्वार्थ लागिरहनु भएका बिदुर पोख्रेलले २०७९ सालको निर्वाचनमा जनताको मन र मत दुवै जित्न सफल हुनुभयो ।

जितेर आएपछि राजापुर नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष पोख्रेलले वडाको सम्रग विकास निर्माणका कार्यलाई तिब्रता दिइराख्नु भएकाे छ ।

राजापुर वडामा अहिले बजेट थोरै रहेको र थोरै बजेटमा पनि मिलाएर योजनाहरू अघि बढाइएकाे उहाँले बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘बाटो, शिक्षा, स्वास्थ, विद्युत, युवाका लागि स्वरोजगार लगायतका समस्याहरुको निराकरणको लागि योजनाहरू अघि बढाइएकाे छ।’

सुरुवाति चरणमा हामीले हाम्रो वडाको बजेटबाट विपन्न वर्गका ६ जना बालबालिकालाई प्राविधिक शिक्षा नि:शुल्क दिने गरी कार्यक्रम ल्याएइएकाे उहाँले बताउनु भयाे ।

उहाँले हाम्रो वडाले विशेष रूपमा स्वस्थ्यमा जोड दिएको बताउनुभयो । उहाँले भन्नुभयाे, ‘ज्येष्ठ नागरिक तथा फरक क्षमता भएका व्यक्तिहरुलाई स्थनीय स्वास्थ्य चौकीसँगको सहकार्यमा आवश्यकताअनुसार घरदैलोमा पुगेर स्वास्थ्य सेवा उपलब्ध गराउने कार्यलाई जाेड दिइएकाे छ।’ नागरिकताको मुख्य समस्या याे वडामा रहेकाे उहाँले बताउनुभयाे।

उहाँले भन्नुभयो, ‘हाम्राे वडामा बाटोघाटो, जनचेताना, स्वास्थ्य,शिक्षा, कृषि तथा खानेपानीका योजना तथा कार्यक्रमहरू रहेका छन्।’ उहाँले वडाको चौतर्फी विकासमा ध्यान केन्द्रित गरेर काम अघि बढाइएको बताउनुभयो ।

बजारको क्षेत्र रहेको व्यवस्थापन गर्न चौनौती रहेका तर पनि सदैव लाग्ने प्रतिबद्धता व्यक्त गरे । पोख्रेलले वडाबासीको हरेक सुखदुखमा साथ र सर्मथन सदैव रहेन बताउनुभयाे ।

उहाँले भन्नुभयो, ‘राजनीति जिवन र आफ्नो जिवनको निकै ठूलो त्याग, मेहेनत र संघर्षबाट म यहाँसम्म आइपुगे, अझै पनि जनताको सेवक भएर सेवा गर्ने अठोट छ, जनतालाई गरेको बाचाबाट निराश हुन दिनेछैन । यो मेरो जिन्दगीको संक्ल्प हो। म सदैव जनको सेवामा जिवन निर्वाहा गर्ने छु यो मेरा लागि अवसर हो ।’

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.