मधुवन नगरपालिका वडा नम्बर २ काे कार्यालयद्वारा झुल वितरण
काठमाडाैं । बर्दियाकाे मधुवन नगरपालिका वडा नम्बर २ काे कार्यालयले सुपानेट झुल वितरण गरेकाे छ ।
दलित लक्षित कार्यक्रम अन्तर्गत वडा कार्यालयले वडावासीलाई झुल वितरण गरेकाे हाे ।
वडा अध्यक्ष आशाराम चौधरीले दलित लक्षित कार्यक्रम अन्तर्गत ९० घरधुरीलाई झुल वितरण गरिएकाे बताउनु भयाे ।
उहाँले याे वडा लामखुट्टेकाे जोखिममा रहेकाले झुल वितरण गरिएकाे जानकारी दिनुभयाे ।
गर्मी बढेकाे बेला वडा कार्यालयले झुल उपलब्ध गराउँदा सर्वसाधारणलाई राहत मिलेकाे छ ।
सुपानेट झुलको प्रयोगले लामखुट्टेको टोकाइबाट हुन सक्ने सबै रोगबाट बच्न सकिने वडा कार्यालयले जनाएकाे छ ।
Facebook Comments Box







